Nepal Face
  • आइतबार, १० साउन २०८३
  • दुबईको हवाई भाडा ७५ देखि ९० हजार, पर्यटन मन्त्री पाण्डे माफियाको घेरामा


    शुक्रबार, पुष ५ २०८१
    1.8K
    Shares
    नेपाल फेस
  • ४ मिनेट पाठ
  • काठमाडौं । एयरलाइन्स कम्पनीहरुले यात्रुहरुसँग तीन गुणा बढी हवाई असुल्दैआएका छन् । मनपरी भाडा नियत्रण गर्ने दायित्व संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्री पाण्डेको हो । तर मन्त्री पाण्डेले मनपरी भाडा घटाउने भाषण गरे पनि ब्यवहारमा भने तिनै मनपरी भाडा असुल्नेहरुसँग लाभ लिएर छुट दिएको आरोप छ । गएको कात्तिक तेस्रो सातासम्म ३२ हजार ५ सय रुपैयाँमा पाउँदैआएको काठमाडौं–दुबईको हवाई भाडा ७५ हजारदेखि ९० हजार तिर्नुपरेको छ ।

    नेपालका एयरलाइन्सहरुको हवाई टिकट अत्यधिक महँगो भएकाले बैदेशिक रोजगार ब्यवसायीहरुले भारतको नयाँदिल्लीबाट कामदार दुबई उडाउन बाध्य भएका छन् । दुबईको अत्यधिक हवाई भाडा बृद्धि हुँदा बैदेशिक रोजगारीमा जाने नेपाली कामदारलाई परेको छ । पर्यटन क्षेत्रमा समेत हवाई भाडा बृद्धिले असर गरेको छ । ट्राभल्स एजेन्सीहरुले टिकटमा कार्टेलिङ गरेको आरोप छ ।

    सी लिंक ट्राभल्सका राजु ढकाल र हार्भेष्ट मुन ट्राभल्सका राम श्रेष्ठसमेतका केही ठूला ट्राभल्स एजेन्सीले कार्टेलिङ गर्दा हवाई भाडा तीन गुणा बढेको स्रोत बताउँछ । यी ट्राभल्सको कार्टेलिङ रोक्नुको साटो मन्त्री पाण्डे भने तिनै ब्यवसायीहरुसँग लाभ लिन तल्लीन रहेको आरोप छ ।

    बैदेशिक रोजगार ब्यवसायीदेखि सरोकार राख्ने सबैले हवाई टिकटमा भइरहेको कालोबाजारीका बारेमा पटक–पटक मन्त्री पाण्डेलाई ध्यानाकर्षण गराइसकेका छन् । तर उनी हरेक पटका घटाउने आश्वासन दिन्छन् तर घटाउन भने असफल हुँदैआएका छन् । टिकटको कालोबजारी गर्ने ट्राभल्स एजेन्सीहरुसँग उनको सेटिङ भएकाले पनि हवाई भाडा तीन गुणा बढाउँदा पनि पर्यटन मन्त्री मुकदर्शक जस्तै छन् । उनी भाडा घटाउँछु भन्छन् तर विगत डेढ महिनादेखि भाडा घटेको छैन ।

    यी कार्टेलिङ गर्ने ट्राभल्स एजेन्सीहरुलाई तह लाउनुको साटो मन्त्री पाण्डेले मन्त्रालयकी सहसचिव इन्दु शर्माको संयोजकत्वमा समिति गठन गरी ब्रम्हलुट गर्न छुट दिइरहेका छन् ।
    बैदेशिक रोजगार ब्यवसायीहरुले काठमाडौंबाट भैरहवा हुँदै दिल्ली जाने र दिल्लीबाट दुबईमा नेपाली कामदार उडाउने गरेका छन् । यसले एकातिर बैदेशिक रोजगार ब्यवसायीहरुले दुःख पाइरहेका छन् भने अर्कोतिर नेपालका एयरलाइन्स कम्पनीको आम्दानीसमेत घटेको छ ।

    दुबईको मात्र होइन, सामान्यतया २० हजारमा पाउने भारतको दिल्लीको हवाई टिकटसमेत अत्यधिक बृद्धि गरी ४५ हजार पुर्याइएको छ । १० हजार नेपाली रुपैयाँमा समेत पाउने दिल्लीको टिकट ४५ हजार पुग्दा समेत पर्यटन मन्त्रालय मौन छ ।

    नेपालमा हवाई टिकट महंगो भएपछि दिल्ली जाने यात्रुहरु बागडोरा र गोरखपुरबाट ५ हजार भारुमा जान थालेका छन् । भद्रपुर र त्यहाँबाट बागडोरामा आन्तरिक उडानको टिकट काटी दिल्ली जाने गरेका छन् । भैरहवाबाट गोरखपुरमा पुगेर दिल्ली जाने क्रम बढेको छ ।

    बैदेशिक रोजगारीका लागि जाने कामदाहरुलाई म्यानपावरहरुले दिल्लीबाट दुबई उडाउन थालेका छन् । दिल्लीबाट नेपाली कामदार दुबईमा उडाउन थालेपछि त्यहाँका एयरलाइन्सको टिकटमा समेत ट्राभल्स एजेन्सीले कार्टेलिङ गरी ३५ हजार भारुको टिकट ४५ हजार पुर्याइसकेका छन् ।

    बैदेशिक रोजगार ब्यवसायी संघका अध्यक्ष राजेन्द्र भण्डारीले हवाई भाडा बृद्धिका कारण बैदेशिक रोजगारमा जाने कामदारलाई मार परेको बताए । पर्यटन मन्त्रीलाई ध्यानाकर्षण गराउँदा पनि भाडा नघटेको उनको प्रतिक्रिया छ । हवाई भाडा अचाक्ली बृद्धि हुँदा बैदेशिक रोजगार ब्यवसायमा पनि असर परेको उनको भनाइ छ ।

    पर्यटन मन्त्री बद्री पाण्डेले हवाई टिकटको भाडा घटाउन नसकेकोबारेमा जिज्ञासा राख्दा मन्त्रालयले सहसचिव इन्दु शर्माको नेतृत्वमा समिति बनाएको छ । उहाँसँगै बुझ्नू भने । हवाई माफिया र ट्राभल्स एजेन्सीको प्रभावमा परेर टिकटमा कार्टेलिङ गर्नेहरुलाई कारबाही नगरेकोबारेमा उनले भने–‘हवाई भाडा कसरी तय हुन्छ त्यसको बारेमा तपाईहरुले बुझ्नुपर्छ  । हवाई भाडाबृद्धिको बारेमा शर्माबाटै सबै जानकारी पाउनुहुन्छ, उहाँसँगै सम्पर्क गर्नुहोला ।’

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार