काठमाडौं । केपी शर्मा ओली नेतृत्वको सरकारका श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शरदसिंह भण्डारी र सचिव कृष्णहरि पुस्कर मिलेरै बैदेशिक रोजगारमा जाने श्रमिकको स्वास्थ्य परीक्षण शुल्क ६ हजार रूपैयाँबाट बढाएर साढे ९ हजार रुपैयाँ पुर्याए ।
भण्डारीकै पालामा उक्त निर्णय गर्ने प्रक्रिया अगाडि बढाइएको र अहिले जेनजी सरकार आएपछि सार्वजनिक भएको छ । श्रम मन्त्रालय प्रधानमन्त्री सुशीला कार्कीको मातहतमा छ । श्रमिकको स्वास्थ्य परीक्षण शुल्क बृद्धि गरी सचिव कृष्णहरि पुुस्करले प्रधानमन्त्रीलाई समेत विवादमा ल्याएका छन् । सिंगापुरमा बस्ने बंगलादेशका अमिनमार्फत् मलेसियामा जाने श्रमिकको स्वास्थ्य परीक्षण गर्ने सिन्डीकेट चलाएका छन् कैलाश खड्काले ।
स्वास्थ्य परीक्षणमा सिन्डिकेट कायम गर्दैआएका कैलाश खड्काबाट ठूलो लाभ लिएर श्रम मन्त्रालयका सचिव कृष्णहरि पुस्करले श्रमिकको स्वास्थ्य परीक्षण शुल्क बढाएको आरोप छ । शरदसिंह भण्डारीको पालामा स्वास्थ्य परीक्षण शुल्क बढाउने योजनाकार पुस्कर नै हुन् । बैदेशिक रोजगारमा जाने नेपाली श्रमिकमाथि आर्थिक भार थोपर्ने निर्णय तत्काल खारेज हुनुपर्ने माग बैदेशिक रोजगार ब्यवसायी संघसंस्थाले गरेका छन् ।
नाम चलेका ठूला अस्पतालमा ५ हजार रुपैयाँ नपर्ने स्वास्थ्य परीक्षण शुल्क केही मेडिकल सस्था (क्लीनीक) लाई फाइदा पुग्नेगरी ९ हजार ५ सय तोकेकोमा बैदेशिक रोजगार ब्यवसायी संघले बिरोध गरेको छ । संघले सिन्डिकेट स्वीकार्य नहुने चेतावनी दिँदै शुल्कबृद्धिले श्रमिकमाथि आर्थिक भार थप्ने बताएको छ । प्रधानमन्त्री सुशीला कार्कीलाई नै संघले शुल्क बढाउने निर्णय फिर्ता लिन माग गरेको छ ।
बैदेशिक रोजगार ब्यवसायी संघका पूर्वअध्यक्ष रोहन गुरुङले बैदेशिक रोजगारीमा जाने श्रमिकको स्वास्थ्य परीक्षण शुल्क बढाउने निर्णय तत्काल फिर्ता लिन माग गरेका छन् । गुरुङको भनाइ छ–‘नाम चलेका अस्पतालमा ५ हजार रुपैयाँ नपर्ने स्वास्थ परीक्षण (फुलबडी चेकअप) केही मेडिकल सस्था (क्लिनिक) लाई फाइदा पुग्नेगरी ९ हजार ५ सय तोकेर बैदेशिक रोजगारमा जाने नेपाली श्रमिकमाथि आर्थिक भार थोपर्ने निर्णय तत्काल खारेज हुनुपर्छ ।’
खड्काले स्वास्थ्य परीक्षणको सिन्डीकेटको रकम मलेसियामा घुस बुझाउनुपर्छ भनेर असुल्ने र हुन्डीमार्फत् पठाउने गरेकोले छानबिन गर्नका लागि राजस्व अनुसन्धान आयोगमा समेत उजुरी परेको थियो । तर जेनजी आन्दोलन अघि नेपालको शासनसत्तामा हालीमुहाली गर्दैआएकी कांग्रेस सभापति शेरबहादुर देउवाकी पत्नी डा. आरजु राणाको संरक्षणमा उनको छानबिन हुन सकेको थिएन ।
खड्काबिरुद्ध नेपाल स्वास्थ्य ब्यवसायी महासंघका पुर्व महासचिव, कोषाध्यक्ष एबं उनकै मलेसियाको बायोमेट्रिक स्वास्थ्य परीक्षण गर्नको लागि खोलिएको कम्पनी म्याक्रो टेक प्रालिका संचालकहरु मुकुन्द भट्टराई र शालिकराम क्षेत्रीले ५ करोड ६० लाख ठगी गरेको र मलेसियाको बायोमेट्रिक स्वास्थ्य परीक्षणको नाममा बेस्टिनेट कम्पनीको नाम लिई स्वास्थ्य ब्यवसायीहरुसँग अर्बौ ठगी गर्दै करोडौ राजस्व ठगी गरेको भन्दै राजस्व अनुसन्धान बिभागमा २०७९ जेठमा उजुरी दर्ता गराएका थिए ।
काठमाडौं । नेपालको निजामती प्रशासनमा जब ऐन–नियम र कानुन परिवर्तनको समय आउँछ, एक समूहलाई ठूलो ठेक्का खुल्छ । बि.स. २०४९ मा नियमावली परिवर्तन गर्दा...
काठमाडौं । विराटनगरस्थित कोशी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट (मेसु) डा. चन्द्रभाल झा अस्पतालको सेवा सुधारका लागि अहोरात्र लागिरहेका छन् । उनको सम्पूर्ण प्रयास अस्पतालमा आउने...
सुयोग शर्मा स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयमा बिपद ब्यवस्थापन सम्बन्धी बृहत् छलफल संवाद कार्यक्रम मिनी कुम्भमेला आयोजना गरिएको थियो । जसमा पूर्व महानिर्देशक, सचिव, पूर्व...
काठमाडौं । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताले सचिव डा. विकास देवकोटाको आडमा मन्त्रालयमा बर्षौदेखि रजगज गर्दैआएका, सेटिङ र डिलिङमा संलग्न कर्मचारीहरुलाई सरुवा...
काठमाडौ । आकर्षक मानिने उपत्यकाका नापी कार्यालयमा थमौती हुन र सरुवा हुन दुई प्रमुख नापी अधिकृत (उपसचिव)ले अस्वभाविक चलखेल गरेको पाइएको छ । उपत्यकाका नापी...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend