Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • हवाई भाडा कम भएन : झुटो देखियो मन्त्रीको दाबी, दिल्लीभन्दा नेपालगंजको हवाईभाडा महँगो


    मंगलबार, असोज १५ २०८१
    1.9K
    Shares
    नेपाल फेस
  • २ मिनेट पाठ
  • काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डनमन्त्री बद्री पाण्डेले हवाई भाडा कम गरेको दाबी गरे पनि वास्तविकतामा हवाई भाडा कम नभएको पाइएको छ ।

    मन्त्री पाण्डेको सचिवालयले मन्त्री पाण्डेको विशेष पहलमा हवाई कम गरेको दाबी गरेको छ । पाण्डेको निर्देशन विशेष पहलपछि सडक सञ्जााल सञ्चालनमा नआएसम्म सरकारले तोकेको अधिकतम् हवाई भाडा नलिन वायुसेवा कम्पनीहरु सहमत भएका दाबी गरिएको छ ।

    तर वास्तवमा भने हवाई भाडामा कुनै कमी आएको देखिएको छैन । कुनै पनि हवाई कम्पनीको आगामी शुक्रबारसम्मका लागि कुनै टिकट नै उपलब्ध रहेको छैन । शनिबारका लागि बुद्ध एयरले काठमाडौँदेखि भैरहवाको भाडा रु। ७२१६।१८ देखि ८१८४।५९ सम्म देखाएको छ । त्यस्तै इसेवामा बुद्ध एयरको ८५६४ रहेको छ भने श्री एयरको ८५ सय भाडा रहेको छ ।

    यसअघि सामान्य अवस्थामा यो रुटमा सबै एयर लाइन्सले ५२ सयमा टिकट बेचिरहेका थिए ।

    हवाई कम्पनीले अहिले सरकारले तोकेको अधिकतम मूल्यमा टिकट नबेच्ने घोषणा गरेपनि, मन्त्रीले भाडा घटाएको दाबी गरेपनि यात्रुले सामान्य अवस्था भैरहवाको रुटमा भन्दा २ देखि ४ हजार बढी भाडा तिरिरहेको पाइएको छ ।

    अविरल वर्षासँगै बाढी पहिरोका कारण देशभरका अधिंकाश सडक सञ्जाल र राजमार्गहरु अवरोध भएको तथा दशैंको मौका छोपेर हवाई कम्पनीहरुले यात्रुलाई झन मार पारिरहेको स्पष्ट हुदा पनि मन्त्री पाण्डेले हवाई भाडा कम गरेको दाबि गर्न छोडेका छैनन् ।

    अहिले यात्रुले टिकट पाइरहेका छैनन् र पाएको टिकट पनि अन्य समयमा भन्दा ४ हजारसम्म बढी तिरेको स्पष्ट देखिएको छ ।

    सामाजिक संजालमा नेपालगंजको भन्दा भारतको नयाँदिल्लीको हवाइभाडा कम भएको भन्दै बिरोध भइरहेको छ । दिल्लीको हवाइभाडा ११ हजार ३ सय ६९ रहेको छ भने नेपालगंजको १३ हजार २ सय ५५ रुपैयाँ छ ।

    बुद्ध एयरमा टिकट फुल

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार