काठमाडौँ । बाढी र पहिरोले देशका धेरै स्थानमा सडक सञ्जाल अवरुद्ध भएको मौका छोपेर हवाई कम्पनीहरुले अन्य समयको भन्दा भाडा बढाएका छन् ।
एकातिर हवाई कम्पनीले अन्य समयको भन्दा बढी भाडा लिएका छन् भने अर्कोतर्फ यात्रुले हवाई टिकट पाएका छैनन् । महंगोमा टिकट किन्न तयार हुँदा पनि टिकट नपाइएको हवाई यात्रुको गुनासो रहेको छ ।
हवाई कम्पनीहरुले अकुपेन्सीका आधारमा सामान्य अवस्थामा ७० प्रतिशत न्यूनतम भाडादरमा हवाई टिकट बेच्ने गरेका थिए भने १५ प्रतिशत मध्यम दर र त्यसपछि १५ प्रतिशत उच्चतम भाडादरमा बेच्ने गरेका थिए । तर अहिले प्राकृतिक विपद र दशैँको अवसरमा उनीहरुले मौका छोपेर न्यूनतम दरका टिकटनै उपलब्ध नगराएको गुनासो यात्रुको रहेको छ ।
वायुसेवा सञ्चालक संघले आन्तरिकतर्फको हवाई टिकट न्यूनतम हवाई भाडादरमै बेच्ने निर्णय गरे पनि त्यो निर्णयमै सीमित भएको छ र उनीहरुले सरकार र यात्रुलाई झुक्याएको पाइएको छ । दशैँको अवसरमा धेरै जस्तो टिकट अग्रिम बुकिङ गरिसकेर संघले सस्तो टिकट उपलब्ध गराउने निर्णय गरेको देखिन्छ । अहिले हवाई कम्पनीहरुले न त सस्तो दररेटमा टिकट नै बेचेका छन्, न त टिकट उपलब्ध नै रहेको छ । सडक सञ्जालबाट आफ्नो गन्तव्यमा जान नसकेको अवस्थामा हवाई टिकट पनि उपलब्ध नभएपछि यात्रु मर्कामा परेका छन् ।
अर्कोतर्फ संस्कृति, पर्यटन तथा नागरिक उड्डनमन्त्री बद्री पाण्डेले हवाई भाडा कम गरेको दाबी गर्दै सस्तो प्रचार गरिरहेको भए पनि उनको पहलले यात्रुलाई कुनै फाइदा पुग्न सकेको छैन । मन्त्री पाण्डे अहिले अनलाइनमा टिकट नै उपलब्ध नभएको र उपलब्ध भएका टिकट पनि सामान्य समयको भन्दा करिब दोब्बर भाडा रहेकोप्रति बेखबर रहेको देखिन्छ ।
काठमाडौं । नेपालको निजामती प्रशासनमा जब ऐन–नियम र कानुन परिवर्तनको समय आउँछ, एक समूहलाई ठूलो ठेक्का खुल्छ । बि.स. २०४९ मा नियमावली परिवर्तन गर्दा...
काठमाडौं । विराटनगरस्थित कोशी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट (मेसु) डा. चन्द्रभाल झा अस्पतालको सेवा सुधारका लागि अहोरात्र लागिरहेका छन् । उनको सम्पूर्ण प्रयास अस्पतालमा आउने...
सुयोग शर्मा स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयमा बिपद ब्यवस्थापन सम्बन्धी बृहत् छलफल संवाद कार्यक्रम मिनी कुम्भमेला आयोजना गरिएको थियो । जसमा पूर्व महानिर्देशक, सचिव, पूर्व...
काठमाडौं । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताले सचिव डा. विकास देवकोटाको आडमा मन्त्रालयमा बर्षौदेखि रजगज गर्दैआएका, सेटिङ र डिलिङमा संलग्न कर्मचारीहरुलाई सरुवा...
काठमाडौ । आकर्षक मानिने उपत्यकाका नापी कार्यालयमा थमौती हुन र सरुवा हुन दुई प्रमुख नापी अधिकृत (उपसचिव)ले अस्वभाविक चलखेल गरेको पाइएको छ । उपत्यकाका नापी...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend