Nepal Face
  • आइतबार, १० साउन २०८३
  • सांसद बजगाईले मन्त्री पाण्डेसँग मागे माफी


    बुधबार, मंसिर ५ २०८१
    2.4K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ । नेपाली कांग्रेसका सांसद राजेन्द्र बजगाईंले पर्यटनमन्त्री बद्री पाण्डेसँग माफी मागेका छन् ।

    सांसद बजगाईले मन्त्री पाण्डेले क्यासिनोलाई स्वीकृति दिदा करोडौं कमिसन खाएको आरोप लगाएपछि उनलाई पार्टीले स्पष्टीकरण सोध्दै प्रमाण मागेको थियो ।

    बजगाईले सामाजिक सञ्जाल एक्समार्फत माफी माग्दै लेखेका छन्- ‘सामाजिक एक्स र फेसबुकमा मैले दिएको अभिव्यक्ति उपर केन्द्रीय कार्यालयमा महामन्त्री विश्वप्रकाश शर्मा र अनुशासन समिति संयोजक आनन्द ढुंगानासँग छलफल भयो । मैले लगाएको आरोपले वहाँ मन्त्रीजीलाई निकै चोट परेको पाएँ त्यसकारण उक्त लांछित अभिव्यक्ति फिर्ता लिएको छु । टिप्पणीबाट परिवारजनमा परेको चोटप्रती पनि क्षमाप्रार्थी छु ।’

    बजगाईले आरोप लगाएपछि मन्त्री पाण्डेले उनीविरुद्ध पार्टीको अनुशासन समितिमा उजुरी दिएका थिए ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार