Nepal Face
  • आइतबार, १० साउन २०८३
  • सशांकलाई दुई वटा गाडीदेखि रोलेक्स घडी र २ झोला पैसा उपहार दिएँ : सांसद बजगाई


    मंगलबार, जेष्ठ १३ २०८२
    1.5K
    Shares
    नेपाल फेस
  • २ मिनेट पाठ
  • काठमाडौं । नेपाली कांग्रेसका सांसद तथा पर्यटन ब्यवसायी राजेन्द्र बजगाईले बीपीपुत्र सशांक कोइरालालाई एउटा किया र महिन्द्रा एसयुभी गाडी, रोलेक्स घडी, पैसाले भरिएको महँगो ब्यागलगायतका बहुमूल्य उपहार दिएको बताएर राजनीति तरंगित पारिदिएका छन् ।

    आफूहरुलाई स्पष्टीकरण सोध्नुपर्छ भन्ने कुराको जवाफमा सांसद बजगाईले कांग्रेसका पूर्व महामन्त्री कोइरालालाई उक्त उपहारका बारेमा समेत सोधिनुपर्ने बताउँदै गाडी दिएको तस्वीर समेत सामाजिक संजाल फेसबुकमा राखेका छन् ।

    सशांकले यसरी घूस उपहारमा दिन सांसद बजगाईँलाई दबाब दिएको भण्डाफोर उनले भण्डाफोर गरेका छन् ।

    सांसद बजगाई फेसबुकमा लेख्छन्–‘म चाहँदैनथेँ कि मलाई किया र दुईवटा महिन्द्राजस्ता एसयूभी उपहारहरू, रोलेक्स घडी, नगदले भरिएका डफेल झोलाहरू, तथाकथित घरको जीर्णोद्वार वा राजनीतिक पदहरूको सौदाबाजीबारे प्रश्न उठाउनुपरोस् । तर याद राख्नुहोस्, स्पष्टीकरण तपाईंलाई सोधिनै पर्नेछ ।’

    सांसद बजगाईले ती उपहार केका लागि दिएको भने प्रष्ट पारेका छैनन् । कुन काम लिन वा सांसद पदको टिकट पाउनका लागि करोडौंको उपहार दिए, त्यो भने छानबिनको बिषय भएको छ ।

    सांसद बजगाईले फेसबुकमा लेखेको स्टाटस

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार