बिशाल बस्नेत
महोत्तरी । अष्टबक्र गीताले ईश्वरको अस्तित्वलाई स्वीकार गर्दैन । भागवत गीताले मन्दिरमा ईश्वर छन् भन्ने मान्यता राख्छ भने अष्टबक्र गीताले मन्दिर बनाउने नै भगवान हुन भन्ने मान्यता राख्छ ।
बिश्वका सयौं देशका शासकहरुले अष्टबक्र गीतालाई नीति बनाउने दर्शनको रुपमा ग्रहण गरेका छन् । यस्लाई पूर्वीय दर्शनको रुपमा पश्चिमाहरुले जीवनोपयोगी शास्त्रको रुपमा प्रयोग गरेका छन् भने धेरै विश्वविद्यालयहरुमा अध्यण, अध्यापन समेत भइरहेको छ ।
दुनियामा चर्चित र हरेकले अनुसरण गरिरहेको राजा जनकको प्रश्न र अष्टबक्रको जवाफको रुपमा विकसित भएको गिता जिवनलाई गुणस्तरीय बनाउने माध्यम बनेतापनि यस्का सृष्टिकर्ताको परिचय भने अज्ञात र रहस्यमय बनिरहेको छ ।
मिथिलाका श्रीध्वज राजाले अष्टवक्रको ज्ञानवाट नै विदेह राज्य वनाउन सम्भव भएको र पछि उन्कै ज्ञानबाट जनक उपाधी पाएको भनाइ छ । उनै अष्टबक्रको जन्मस्थलको विषयमा खोजी भइरहेको वेला जनकपुरबाट झन्डै ४५ किलोमिटर दूरीमा रहेको बर्दिवासस्थित राजावासमा जन्मस्थल भएको दावी गरिएको छ ।
अष्टबक्रको जनमस्थल कसरी राजाबास भएको चर्चा चल्यो ?
भारतको आन्द्र प्रदेशवाट बर्दिवास आईपुगेका डा. स्वामी बिस्वासनन्दले अष्टबक्रको जन्मस्थल बर्दिवासको राजावास भएको दावी गरेका छन ।
सनिवार एक पत्रकार सम्मेलनका विच उक्त ठाउँ अष्टबक्रको जनमस्थलसगँ मिल्ने विभिन्न अवशेषहरु प्राप्त भएको उन्को भनाई छ ।
मध्यपाषण युगको हतियार कारखाना रहेको भनिएको ठाउँवाट झन्डै ७ किलोमीटर दुरीमा रहेको राजाबास नै अष्टबक्रको जन्मस्थल र राजा जनकले ज्ञान प्राप्त गरेको भुमी भएको डा. विस्वासानन्दले जिकिर गरे ।
पुरातात्त्विक हिसावले यो ठाउँमा अनेकौ अवशेषहरु प्राप्त भएको हुनाले अष्टबक्रको जन्मस्थललाई प्रमाणित गर्ने विभिन्न आधारहरु समेत भएको उन्को भनाई छ ।
अष्टबक्रको जन्मस्थल र समाधीको विषयमा अध्यण गरिरहेको वेला डा. स्वामीलाई नेकपा एमालेका नेता शंकर महतोले भेटेका थिए । उन्कै माध्यमले बर्दिवास आईपुगेका स्वामीले स्वयम अष्टबक्रको जन्मस्थल भएको निष्कर्ष निकाल्दै सनिवार पत्रकार सम्मेलन गरेका हुन ।
आन्द्र प्रदेशका स्वामी बिस्वासानन्दले केमिस्ट्रीमा पिएजडी गरेका छन भने यसअघि उन्ले विश्वका विभिन्न ठुला कोर्पोरेट कम्पनीमा काम गरेका थिए ।
सन १९९१ मा केमिस्ट्री विषयमा नै प्रयोगशालामा व्यवहारिक अनुसन्धान गर्दागर्दै उनी वैरागिएर अष्टबक्र ज्ञानको खोजीमा लागेका थिए ।
त्यसपछी प्रचारप्रसारमा लागेका डा. विस्वासानन्दले ७२ देशको भ्रमण सकेको र नेपालको बर्दिवास नै अष्टबक्रको जन्मस्थल भएको जिकिर गरे ।
जनक राजाले राजकाजको लागि अष्टबक्रवाट ज्ञान प्राप्त गरेतापनी उनी काँहा जन्मेका हुन भन्ने खोजी हुन सकेको थिएन ।
यदि डा. स्वामी विस्वासानन्दले भनेजस्तै अष्टबक्रको जन्मस्थान राजाबास नै प्रमाणित भए बिश्व कै उत्कृष्ट पर्यटकीय गन्तव्य वन्न सक्ने देखिएको छ ।
पत्रकार सम्मेलनमा डा. स्वामी विस्वासानन्दले अष्टबक्रको जनमस्थलको समबन्धमा गरिने थप खोजीलाई हरेक तवरले सहयोग गर्ने राजनिती दलहरुले प्रतिवद्वता जनाएका छन ।
`पुर्विय दर्शन कै कारण अहिले पश्चिमेलीहरुले अथेष्ट विकास गरिरहेका छन तर हामी उनिहरुको नै सिको गरिरहेका छौ ।´ माओवादी केन्द्रका नेता तुलसी ढुंगानाले भने । `उनिहरु हाम्रो सभ्यता र दर्शनहरुवाट माथी पुगेका हुन ।´
अष्टबक्रको जन्मस्थल भएको थाहा पाउँदा निक्कै खुसी छौ : पर्यटन व्यवसायी
अष्टबक्र जन्मेको भन्ने थाहा पाएपछी पर्यटन विकासमा उत्साह थपेको पर्यटन व्यवसायीहरुले वताएका छन ।
जन्मस्थल प्रमाणित गर्न डा. स्वामी विस्वासानन्दले चालेको कदममा नगर पर्यटन वोर्ड, होटल तथा पर्यटन व्यवसायी संघले सयात्रा गर्नेमा अध्यक्ष हिरा गौतमले बिस्वास दिलाए ।
१२ हजार बर्ष अगाडिको मानवसभ्यता, ८ सय बर्ष अगाडिको भु:कम्पका कारण उठेको पहाड, गिद्व बासस्थान, चनौटे डाँडा जस्ता ठाउँहरुको पर्वद्वनले विकासका ढोकाहरु खोलेको वताउदै अध्यक्ष गौतमले अष्टबक्रको बासस्थान पर्यटन विकासको महत्वपूर्ण कोशेढुंगा सावित हुने धारणा राखे ।
के-के छन आधारहरु अष्टबक्र राजावासमा जन्मेको ?
विभिन्न अवशेष र पुरातात्त्विक इतिहासका कारण अष्टबक्रको जन्मस्थल बर्दिवास नै रहेको विज्ञहरुले वताएका छन ।
बर्दिवासको उपल्लो क्षेत्र चुरे पहाड परापुर्वकालमा ऋषिमुनीहरुको तपस्यास्थल भएको विभिन्न आधारहरुले पनि अष्टबक्र जन्मस्थल राजाबास नै रहेको हुन सक्ने स्थानिय गुन्ज वहादुर कार्कीले वताए ।
गौतम वुद्वको जन्मस्थल पत्ता लगाउन पनि विदेशी पुरातत्वविद् डा. फुहररको योगदान महत्वपुर्ण मानिन्छ । फुहररले वुद्वको जन्मस्थल लुम्बिनी नै भएको दावी गरेपछि यसको विषयमा विभिन्न खोज र अनुसन्धान भएको थियो । पछी पुरातात्विक उत्त्खनन गरेपछि लुम्बिनी नै जन्मस्थल भएक प्रमाणित भयो ।
डा. बिस्वासानन्दले पनि दावी गरेको अष्टबक्रको जन्मस्थल राजाबासको विषयमा थप खोज र अनुसन्धान गर्नुपर्ने पुरातात्विकविद प्रकाश दर्नाल सुझाउछन । यसको लागि स्थानीय सरकारले नै विशेष भूमिका खेल्नुपर्ने उन्को भनाई छ ।
यस क्षेत्रमा भेटिएका ढुंगा र विभिन्न अवशेष समेत गिताको पृष्ठभूमिसँग मिल्दोजुल्दो भएको वताउदै अष्टबक्रको जन्मस्थल राजाबास नै भएको डा. बिस्वासानन्दको दावी छ ।
भौतिकवादीहरुको लागि पनि उत्कृष्ट दर्शन हो : अष्टबक्र गिता
मानिसलाई समेत अष्टबक्र गिताले परमात्मा मान्ने भएकाले भौतिकवादीहरुले समेत यस्लाई दर्शनकोरुपमा लिने गरेका छन ।
यसैसगँ जोडिएको एउटा किवद्वन्ति प्रख्यात छ ।
एकपटक रामकृष्ण परमहंशलाई नरेन्द्र नाम गरेका एक युवकले – ईश्वर कहाँ छ ? परमात्मा कहाँ छ ? मलाई प्रमाण दिनुस् । भनेर जिज्ञासा राख्दा उत्तर दिन नसक्ने अवस्था सिर्जना भएपछी अष्टबक्र गिता थमाईदिएका थिए ।
सोही गिता पढेर नरेन्द्रलाई ‘विवेक’ र ‘आनन्द’ प्रकट भएको थियो । यसैले रामकृष्णले ती युवकको नाम विवेकानन्द राखिदिए, जुन नाम उनी विश्वभरि प्रख्यात वन्यो । यसैले यो गिताको मननबाट विवेक मात्र होइन, आनन्द पनि प्रकट हुन्छ भन्ने विस्वास गरिन्छ ।
अष्टबक्र कहोडका छोराकारुपमा चिनिन्छन । पेटभित्रवाट वच्चाले वुवाले शास्त्र पढदा खोट देखाएको र वुवा कै श्रापको कारणले जन्मदा आठ ठाउँमा बाङ्गीएको हुनाले उन्को नाम अष्टबक्र रहन गएको वताईन्छ ।
काठमाडौँ । गृहमन्त्री सुधन गुरुङले सीमा क्षेत्रको अनुगमनलाई थप प्रभावकारी बनाउन अब गृहमन्त्री स्वयं स्थलगत निरीक्षणमा जाने अभ्यासभन्दा विशेष टोलीमार्फत निगरानी गर्ने व्यवस्था अघि...
काठमाडौँ । पूर्वप्रधानमन्त्री एवं नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का सहसंयोजक माधवकुमार नेपालले वामपन्थी दलहरू पनि मुलुकको राजनीतिमा देखिएका कमजोरी र विकृतिबाट अलग नरहेको बताएका...
काठमाडौं । नेकपाका संयोजक पुष्पकमल दाहाल प्रचण्डले नेपालमा दलाइ लामा जन्माउने प्रयास भइरहेको बताएका छन्। शुक्रबार पुष्पलाल मित्रता केन्द्रको कार्यक्रममा बोल्दै प्रचण्डले नेपालको राष्ट्रिय...
काठमाडौँ । संघीय सांसदलाई स्वकीय सचिव नियुक्त गर्ने सुविधा दिने सरकारको निर्णयविरुद्ध सर्वोच्च अदालतमा दुईवटा रिट निवेदन दर्ता भएका छन्। अधिवक्ता डा. प्रेमराज सिलवाल र...
काठमाडौँ। चलिरहेको मोटरसाइकलमा उभिएर यात्रा गरेको भिडियो सार्वजनिक भएपछि राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० का सांसद बब्लु गुप्तामाथि ट्राफिक प्रहरीले कारबाही गरेको छ। ट्राफिक प्रहरी कार्यालय,...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend