काठमाडौं । चीनको हिमताल फुटेर रसुवामा आएको बाढीले सयौं मानिसको मृत्यु भएको र हजारौं नागरिक घरबारबिहीन भएका र हराइरहेका बेला हवाई कम्पनीहरुले भने चर्को भाडा बृद्धि गरेका छन् । रसुवाको टिमुरेदेखि नुवाकोटको बेत्रावती र धादिङका ४० भन्दा बढी मोटरवेल पुल बगाएकाले सडक यातायात अवरुद्ध भएको फाइदा हवाइ कम्पनीहरुले लिन खोजेको आरोप छ ।
राष्ट्रमा महाविपत्ति आएका बेलामा हवाई कम्पनीहरुले दोब्बर तेब्बर भाडा बढाएर लुट मच्चाएको गुनासो सामाजिक संजालमा प्रकट भएका छन् । पत्रकार प्रकृृति अधिकारीले गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल भैरहवाबाट काठमाडौँका लागि बुधबार विहानसम्म ६ हजार तीन सय रुपियाँको भाडा अपराह्न हुँदा नौ हजार रुपियाँसम्म पुर्याइएको र यसलाई लुटको संज्ञा दिएका छन् ।
सामाजिक संजालमा अधिकारीले लेखेका छन्–‘हवाई साधनको लूटको प्रमाण यस्तो छः हिजो वुधबार हवाई टिकट लिन लाग्दा सेकेन्ड सेकेन्डमा भाडा बृद्धि भएको देखिएको थियो । भैरहवाबाट काठमाडौँका लागि विहानसम्म ६ हजार तीन सय रुपियाँको भाडा अपराह्न हुँदा नौ हजार रुपियाँसम्म पुर्याइयो । आज बिहीबारको लागि १० हजारसम्मको टिकट दर हिजो हेरेका थियौँ, तर किनिएन ।
अनलाइनमा आजको टिकट सबै बिक्री भएको देखाउँछ । भोलिका लागि टिकट छ र साढे छ हजार रुपैयाँमा किन्न पाइने देखिएको छ । हिजो अपराह्न आठ हजार ६६५ रुपियाँमा टिकट खरिद गरेका थियौँ ।
काठमाडौँ आउने गाडी रोकिएपछि भैरहवा विमानस्थलमा यात्रुको एक्कासी भीड ओइरियो । सोध्दै जाँदा हामीसँग यात्रा गर्नेहरूले झन्डै साढे नौ हजार रुपैयाँमा टिकट लिएका रहेछन् । अस्ति करिब छ हजार तीन सय रुपियाँको हुने, भोलि साढे ६ हजार रुपैयाँको हुने अनि हिजो र आज साढे आठ हजारदेखि १० हजार रुपियाँसम्ममा बिक्री गर्ने । योभन्दा लूटको धन्धा के हुन्छ ? किन एक्कासी दुई दिनका लागि टिकट दर बढाइनुपथ्र्यो ?
इन्धनको मूल्य वृद्धि भएको थियो वा के ? बढाइएको रकमको टिकट बिक्रीपछि टिकटको भाउ बढाउन नपाउने भन्ने विज्ञप्ति जारी गरेर नौटंकी नगरे हन्थ्यो । राज्य खोइ ? प्रमाण हामीहरूका टिकट हुन् । आँट भए कारबाही गरौँ न । यो कुरा सानो होला तर नियतको कुरा ठुलो हो । कतिसम्म उपभोक्तामाथि लूट हुन्छ र राज्य टुलुटुलु हेर्छ भन्ने उदाहरण हो यो ।’

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणको उद्घाटन खेलका लागि अनलाइन टिकट बुकिङ खुलेको आधा घण्टामै टिकट सकिएको छ। प्रतियोगिताको आधिकारिक टिकटिङ...
काठमाडौँ। नयाँ दिल्लीमा अर्थमन्त्री डा. स्वर्णिम वाग्ले र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीबिच संक्षिप्त भेटवार्ता भएको छ। अर्थ मन्त्रालयका अनुसार नयाँ दिल्लीस्थित ताज प्यालेस होटलमा आयोजित...
काठमाडौं । सरकारले मुख्यसचिव र सचिवहरूलाई सवारीसाधन खरिदका लागि ६० लाख रुपैयाँसम्म ऋण व्यवस्थापन गर्ने भएको छ । सरकारी कर्मचारीका लागि सवारीसाधन व्यवस्थापन सम्बन्धि निर्देशिका,...
काठमाडौँ। रास्वपा सभापति रवि लामिछानेले आफ्नो भ्रमण नितान्त व्यक्तिगत प्रयोजनका लागि रहेको स्पष्ट पारेका छन् । पत्नी निकिता लामिछानेसहित भारत भ्रमणमा निस्किएका लामिछाने शुक्रबार बिहान...
काठमाडौँ। नेपाल राष्ट्र बैंकले वेब प्रविधि (पीएचपी) मा विश्वव्यापी रूपमा देखिएको गम्भीर सुरक्षा जोखिमलाई मध्यनजर गर्दै आफ्नो वेबसाइटलगायतका सेवाहरू अस्थायी रूपमा बन्द गरेको जनाएको...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend