Nepal Face
  • आइतबार, ९ कार्तिक २०८३
  • सुनचाँदीको मूल्यमा सामान्य गिरावट


    सोमबार, असोज १४ २०८१
    1.7K
    Shares
    Creative abstract business success, financial growth, banking, accounting and stock exchange trade market corporate concept: stack of shiny gold ingots, bars or bullions isolated on white background
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । सोमबार सुनचाँदीको मूल्यमा सामान्य गिरावट आएको छ ।

    आज सुनको मूल्य तोलामा एक सय रुपैयाँले घटेर तोलाको एक लाख ६० हजार ५ सयमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

    यसअघि आइतबार सुनको मूल्य एक लाख ६० हजार ६ सयमा कारोबार भएको थियो।

    त्यस्तै आज चाँदीको मूल्य पनि घटेको छ । आज चाँदीको मुल्य ५ रुपैयाँले घटेर १९४० रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार