काठमाडौं । नेकपा (एमाले)का सचिव तथा प्रतिनिधिसभा सदस्य योगेश भट्टराईले जनताको बहुदलीय जनवाद(जबज) को मार्गदर्शनमा नेपाल शान्तिपूर्ण बाटोमार्फत् समाजवादतर्फ अघि बढिरहेको बताएका छन् । सचिव भट्टराईले आफूहरुले शान्तिपूर्ण प्रक्रियामार्फत् नेपाली जनताको बलियो समर्थनसहित समाजवाद हासिल गर्न चाहेको तर नेपाल त्यसैतर्फ अघि बढेको बताएका हुन् ।
‘सोसियल साइन्स एकेडेमी’ अर्थात् चिनियाँ सामाजिक विज्ञान प्रतिष्ठानको आयोजनामा बेइजिङमा आयोजित १४औं विश्व समाजवाद फोरमलाई सम्बोधन गर्दै एमाले सचिव भट्टराईले जबज नेपाली भूमिमा माक्र्सवादको सृजनात्मक प्रयोग रहेको र त्यसैको आलोकमा समाजवाद हासिल गर्न चाहेको बताए ।
‘नेपालमा हामी समाजवादीउन्मुख संविधान स्वीकार गर्दै सामाजिक–आर्थिक असमानतालाई सम्बोधन गर्न अघि बढिरहेका छौं, जसमा प्रमुख राजनीतिक दलहरूको सामूहिक विवेक समावेश छ । हाम्रो पार्टी नेकपा (एमाले) ले स्वर्गीय ह मदन भण्डारीको नेतृत्वमा ‘जनताको बहुदलीय जनवाद(जबज)को सिद्धान्त विकास गरेको छ,’ सचिव भट्टराईले सम्बोधनमाभनेका छन्, ‘हामी जबजको मार्गदर्शनमा नेपाली तरिकामा शान्तिपूर्ण माध्यमबाट समाजवादतर्फ अघि बढिरहेका छौं । जबज नेपाली अभ्यास र नेपाली भूमिमा माक्र्सवादको रचनात्मक प्रयोगमा आधारित छ । हामी शान्तिपूर्ण प्रक्रियामा जनताको बलियो समर्थनसहित समाजवाद हासिल गर्न चाहन्छौं । यो नयाँ युगको नेपाली मोडेल र विशेषताहरूको क्रान्ति हो ।’
बेइजिङमा जारी १४ औं विश्व समाजवाद फोरममा विश्वका ३० देशका कम्युनिष्ट नेता, माक्र्सवादी बुद्धिजीवी, विश्वविद्यालयका प्राध्यापक, अनुसन्धानकर्ता गरी ५० विदेशी अतिथि र चिनियाँ नेता, प्राध्यापकसहित १ सय ५० बढी सहभागी छन् ।
फोरमलाई सम्बोधन गर्दै नेपालको मुख्य ध्येय नेपालको सार्वभौमसत्ता, भौगोलिक अखण्डता, स्वतन्त्रता रक्षा गर्दैै भट्टराईले राष्ट्रिय गरिमालाई उन्नत गर्नु र आर्थिक समृद्धि तथा समृद्धि प्रवद्र्धन गर्नु रहेको बताए । यी उद्देश्यहरू हासिल गर्न, हामी एकअर्काको समानताप्रतिको सम्मान, पारस्परिक फाइदाका लागि सहयोग, गुटनिरपेक्षता, संयुक्त राष्ट्रसंघको चार्टर र विश्वशान्तिका मूल्यहरु नेपालले दृढतापूर्वक पालना गर्ने बताए ।
उनले भने, ‘प्रधानमन्त्री केपी शर्मा ओलीको नेतृत्वमा ‘समृद्ध नेपाल, सुखी नेपाली’ भन्ने राष्ट्रिय आकांक्षालाई पूरा गर्ने हाम्रो महान् चाहनाका साथ हामी सबै मित्रहरूको समर्थन, सहयोग र ऐक्यबद्धताको अपेक्षा राख्छौं ।’
‘समाजवादी देशहरूबीच सहयोग अपरिहार्य’
सचिव भट्टराईले मानव सभ्यता र पृथ्वीलाई जोगाउन समाजवादी देशहरूबीच सहयोग अपरिहार्य रहेको बताए । उनले भने, ‘समाजवादी देशहरू थोरै छन्, ती सबै वित्तीय रूपमा पूर्ण वा विकासोन्मुख छैनन् । यस्तो अवस्थामा सहयोग लाभदायक हुन्छ । पुनः समाजवादको मुख्य उद्देश्य सबैको साझा विकास हो । एक्लै हामी कतै पुग्दैनौं । त्यसैले, सहयोग अपरिहार्य छ । हामीले मानव सभ्यता र पृथ्वीलाई जोगाउन समाजवादका लागि हाम्रो ऐक्यबद्धता र सहयोगलाई सुदृढ पार्नुपर्नेछ ।’
सचिव भट्टराईले अतीतमा समाजवादको आलोचना हुँदा मानवपक्षलाई ध्यान दिएको थिएन भन्ने आरोपबारेमा सम्झाउँदै समाजवादको कुनै विकल्प नरहेको बताए । उनले भने,‘समाजवादका आलोचकहरूले समाजवादले मानिसहरूलाई वस्तुका रूपमा वर्गीकृत गर्यो र समाजलाई गणितीय रूपमा विश्लेषण गर्यो भनेका थिए त्यसैले माक्र्सवादलाई मानव सारतत्वप्रति विशेष ध्यान दिन आवश्यक छ । समाजवादले मानव सभ्यताको सवाललाई बेवास्ता गर्न सक्दैन । शोषण र दमनविरुद्धको लडाइँको कुरा भइरहेको छ, साथै मानवपक्ष र मानव सभ्यताको सवाल प िन। यही कुरा समाजवादलाई सुधार गर्न आवश्यक छ । समाजवादको कुनै विकल्प छैन ।’
सचिव भट्टराईले जलवायु परिवर्तनको प्रभाव विश्वको प्रमुख चुनौती रहेको भन्दै जलवायु परिवर्तनविरुद्धको विश्वव्यापी लडाइँ न्यायसंगत हुनुपर्ने बताए । उनले भने,‘आज हामीले सामनागरिरहेको प्रमुख चुनौती जलवायु परिवर्तनको प्रभाव हो । हिन्दकुश हिमालय क्षेत्रमा अवस्थित देशको रूपमा, नेपाल विश्वव्यापीतापनको प्रभावका कारण अत्यधिक संवेदनशील छ। हिमनदीहरूको पग्लने, समुद्री सतहको बृद्धि, प्राकृतिक प्रकोपहरूको बृद्धि, बाढी, पहिरोहरूले हिमालयन विविधता, पृथ्वी र मानवतामा खतरा ल्याइरहेको छ । करिब ४४ प्रतिशतवन क्षेत्रले ढाकिएको हरियो क्षेत्रको रूपमा चिनिने नेपालको आश्चर्यजनक प्राकृतिक सौन्दर्यलाई विश्वले चिन्छ । हामी विश्वास गर्छौं कि जलवायु परिवर्तनविरुद्धको विश्वव्यापी लडाइँ न्यायसंगत हुनुपर्छ र गरिब तथा सीमान्तकृत मानिसहरूको बाँच्न पाउने अधिकार सुनिश्चित गरिनुपर्छ ।’
‘चीनबाट धेरै कुरा सिक्न चाहन्छौं’
सचिव भट्टराईले चिनियाँ समाजवादको मोडेल सफल रहेको भन्दै चीनबाट अझ धेरै कुरा सिक्न चाहेको बताए । भने, ‘चिनियाँ समाजवादको मोडेल सफल छ । हामी चीनबाट अझ धेरै कुरा सिक्न चाहन्छौ ं। म तपाईं चिनियाँ कमरेडहरूलाई चिनियाँ कम्युनिस्ट पार्टी र राष्ट्रपति सी जिनपिङको नेतृत्वमा हासिल गरेको ठूला सफलताहरूको लागि धन्यवाद दिन चाहन्छु ।’
उनले विश्व राजनीति ठूलो परिवर्तनको दौरबाट गुज्रिरहेको छ, र नेपालका अन्तर्राष्ट्रिय सम्बन्धहरू पनि त्यही अनुसार परिवर्तन भइरहेको बताए । उनले भने, ‘नेपाल भू–राजनीतिक रूपमा संसारका पहिलो र दोस्रो जनसंख्या भएका देशहरू—चीन र भारतको बीचमा रहेको छ । चीन तीव्र रूपमा समृद्धितर्फ अघि बढिरहेको छ । हामी यो अवसरलाई नेपाली जनताको समृद्धि र खुशीका लागि काम गर्न उपयोग गर्न चाहन्छौं ।’
सचिव भट्टराईले नेपालले २०१७ मा समृद्धि र विकासको अपेक्षासहित बीआरआईमा हस्ताक्षर गरेको उल्लेख गर्दै बीआरआईबाट ठोस लाभ प्राप्त गर्नेमा आशावादी रहेको बताए । भने, ‘पुनः एकपटक, म हाम्रो देश र पार्टीको दीर्घकालीन एक चीन सिद्धान्तप्रतिको प्रतिबद्धता व्यक्तगर्न चाहन्छु । नेपालले २०१७ मा समृद्धि र विकासको अपेक्षासहित बीआरआईमा हस्ताक्षर गरेको थियो । हामी आशावादी छौं कि आगामी दिनहरूमा बीआरआईबाट ठोस लाभ प्राप्त गर्नेछौं ।’
उनले नेपालका तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारी र चीनका राष्ट्रपति सी जिनपिङका साथै नेपालका प्रधानमन्त्री र चीनका उच्चस्तरीय नेताहरूको द्विपक्षीय भ्रमणको सम्झना गरे । उनले भने, ‘यसै क्षणमा, म नेपालका तत्कालीन राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारी र चीनका राष्ट्रपति सी जिनपिङका साथै नेपालका प्रधानमन्त्री र चीनका उच्चस्तरीय नेताहरूको द्विपक्षीय भ्रमणलाई सम्झना गर्न चाहन्छु ।’
काठमाडौँ । गृहमन्त्री सुधन गुरुङले सीमा क्षेत्रको अनुगमनलाई थप प्रभावकारी बनाउन अब गृहमन्त्री स्वयं स्थलगत निरीक्षणमा जाने अभ्यासभन्दा विशेष टोलीमार्फत निगरानी गर्ने व्यवस्था अघि...
काठमाडौँ । पूर्वप्रधानमन्त्री एवं नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का सहसंयोजक माधवकुमार नेपालले वामपन्थी दलहरू पनि मुलुकको राजनीतिमा देखिएका कमजोरी र विकृतिबाट अलग नरहेको बताएका...
काठमाडौं । नेकपाका संयोजक पुष्पकमल दाहाल प्रचण्डले नेपालमा दलाइ लामा जन्माउने प्रयास भइरहेको बताएका छन्। शुक्रबार पुष्पलाल मित्रता केन्द्रको कार्यक्रममा बोल्दै प्रचण्डले नेपालको राष्ट्रिय...
काठमाडौँ । संघीय सांसदलाई स्वकीय सचिव नियुक्त गर्ने सुविधा दिने सरकारको निर्णयविरुद्ध सर्वोच्च अदालतमा दुईवटा रिट निवेदन दर्ता भएका छन्। अधिवक्ता डा. प्रेमराज सिलवाल र...
काठमाडौँ। चलिरहेको मोटरसाइकलमा उभिएर यात्रा गरेको भिडियो सार्वजनिक भएपछि राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० का सांसद बब्लु गुप्तामाथि ट्राफिक प्रहरीले कारबाही गरेको छ। ट्राफिक प्रहरी कार्यालय,...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend