काठमाडौं । पूर्वगृहमन्त्रीद्वय नारायणकाजी श्रेष्ठ र रवि लामिछानेले सुरु गरेका ठूला भ्रष्टाचारका काण्डहरु नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो(सीआईबी)ले एकपछि अर्को तामेलीमा राख्न सुरु गरेको छ । रिलायन्स स्पीनिङ मिल्सको कीर्ते कागजात प्रकरणमा पवन गोल्यान, बाँसबारी छाला जुत्ता कारखानाको जग्गा अतिक्रमण गर्ने चौधरी ग्रुप र सेन्चुरी बैंकको कमसल धितो प्रकरण सीआईबीले तामेलीमा राख्ने प्रक्रिया अगाडि बढाएको छ ।
ठूलो आर्थिक लेनदेनमा पवन गोल्यानले रिलायन्सको मुद्दा नचलाई फाइल नै तामेलीमा राख्न लगाएका छन् । परराष्ट्रमन्त्री आरजु राणासँगै सेटिङ मिलाएर रिलायन्सको कीर्ते प्रकरणमा सीआईबीले मुद्दा नचलाई उन्मुक्ति दिएको छ । रिलायन्सले डेडिकेटेड र ट्रंकलाइनको ७५ करोड रुपैयाँ बक्यौता तिरेको छैन । तर त्यो ७५ करोड बक्यौता तिर्नुपर्ने उल्लेख नगरी, अन्य कतिपय विवरण लुकाएर घाटामा भएको रिलायन्सले सर्वसाधारणमा प्राथमिक सेयर (आईपीओ) निस्कासन गर्न लागेको उजुरीपछि सीआईबीले धितोपत्र बोर्डबाट कागजात नियन्त्रणमा लिएको थियो । तर सीआईबीले छानबिन गरिरहेकै समयमा गोल्यानले शक्तिकेन्द्रमा आर्थिक चलखेल गरी तामेलीमा हाल्न लगाएका छन् । घाटामा गएको कम्पनीले आईपीओ जारी गर्न पाउँदैन । कीर्ते कागजात पेश गरी नक्कली नाफमा देखाएर गोल्यानले आईपीओ जारी गरी सर्वसाधारणबाट अरबौं रकम उठाउने चालबाजी गरेका छन् ।
चौधरी ग्रुपले हडपेको बाँसबारीको जग्गामा पनि सीआईबीले तामेलीमा मुद्दा नचलाई तामेलीमा राख्ने प्रक्रिया अगाडि बढाइसकेको स्रोतलेब बताएको छ । चौधरी ग्रुपले हडपेको बाँसीबारीको १० रोपनी जग्गा सरकारका नाममा आइसकेको र अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिन गरिरहेको भन्दै मुद्दा नचल्ने निर्णय गर्न लागेको स्रोतले बताएको छ । बाँसबारी जग्गा हडपेर कांग्रेस सांसद बिनोद चौधरी र उनका भाइ अरुण चौधरीले चाँदबाग स्कुल र अपार्टमेन्ट निर्माण गरेका छन् । बिनोद चौधरीलाई खुसी पार्न सीआईबीका प्रमुख दीपक थापाले बाँसबारी प्रकरण पनि तामेली राख्न लागेका छन् । जग्गा फिर्ता हुँदैमा मुद्दा नचल्ने भए ललिता निवासको जग्गा हिनामिना प्रकरणमा भाटभटेनी सुपरस्टोर्सका संचालक मीनबहादुर गुरुङमाथि सीआईबीले किन मुद्दा दायर गर्यो ? गम्भीर प्रश्न उठेको छ ।
त्यसैगरी, सेन्चुरी बैंक घोटाला प्रकरणमा अर्का कांग्रेस सांसद उमेश श्रेष्ठका भाइ राजेश श्रेष्ठलाई उन्मुक्ति दिने र बैंकका कर्मचारीलाई मात्र मुद्दा चलाउने भएको छ । स्रोतका अनुसार सेन्चुरी बैंकको घोटालाका मुख्य योजनाकार उमेश श्रेष्ठका भाइ राजेशसहितका संचालकलाई मुद्दा नचलाउनेगरी कर्मचारीलाई मात्र मुद्दा बुझाउन लागिएको छ ।
थोरै धितोमा धेरै ऋण प्रवाह गर्ने तत्कालीन सेन्चुरी कमर्सियल बैंकका अध्यक्ष राजेशकुमार श्रेष्ठसहित नौजनालाई गएको जेठ २८ गते सीआईबीले पक्राउ गरेको थियो । राजेश श्रेष्ठसहितका कर्मचारीहरुले जाली कागजात तयार गरी देउराली बहुउद्देश्यीय सहकारीका अध्यक्ष रवीन्द्र चौलागाईंको स्वामित्वमा रहेको पूजा ट्रेडिङ एन्ड मार्केटिङ, थ्री ब्रदर्स मार्केटिङ, पूजा मार्केटिङ र अन्नपूर्ण ड्रिस्टिलरीका नाममा कम धितोमा २ अर्ब ३० करोड ८१ लाख रुपैयाँ कर्जा प्रवाह गरेका थिए । तर यो प्रकरणमा श्रेष्ठसहितका संचालकलाई उन्मुक्ति दिएर कर्मचारीलाई मुद्दा दर्ता गर्नका लागि अनुसन्धान अधिकृतलाई एआईजी थापाले दबाब दिएका थिए । अनुसन्धान अधिकृतले अनुसन्धानका क्रममा संचालकलाई जोगाउन नसकिने भनेपछि एआईजी थापाले आफैंले हस्ताक्षर गरी कर्मचारीलाई मात्र मुद्दा चलाउने गरी टुंग्याएको स्रोतले बताएको छ ।
सीआईबीका प्रमुखमा एआईजी दीपक थापालाई सरुवा गर्नासाथ यी बहुचर्चित भ्रष्टाचार काण्डमा एकपछि अर्कोगरी सफाइ दिने प्रक्रिया सुरु गरिएको हो । सीआईबीमा जानासाथ थापाले सत्तारुढ दल संलग्न भ्रष्टाचार काण्डमा सफाइ दिन लागेका हुन् । टाट उल्टेको रिलायन्स स्पीनिङ मिललाई कीर्ते कागज देखाएर कृत्रिम नाफा गरेको प्रष्ट हुँदाहुँँदै जनता ठग्न सेयर जारी गर्ने बाटो खुलेको छ ।
सीआईबीका प्रमुखमा एआईजी दीपक थापालाई सरुवा गर्नासाथ यी बहुचर्चित भ्रष्टाचार काण्डमा एकपछि अर्कोगरी सफाइ दिने प्रक्रिया सुरु गरिएको हो । सीआईबीमा जानासाथ थापाले सत्तारुढ दल संलग्न भ्रष्टाचार काण्डमा सफाइ दिन लागेका हुन् ।
त्यसैगरी पूर्वगृहमन्त्री रवि लामिछानेको पालामा सुरु भएको बालमन्दिर जग्गा लिज प्रकरणमा पनि सीआईबीले मुद्दा नचलाउने तयारी गरेको स्रोतले बताएको छ ।
काठमाडौ । आकर्षक मानिने उपत्यकाका नापी कार्यालयमा थमौती हुन र सरुवा हुन दुई प्रमुख नापी अधिकृत (उपसचिव)ले अस्वभाविक चलखेल गरेको पाइएको छ । उपत्यकाका नापी...
काठमाडौं । भ्रष्टाचार नियन्त्रण गरी सुशासन कायम हुने अपेक्षाका साथ राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)लाई अभूतपूर्व जनमत प्राप्त भयो । जनताको अपार समर्थनमा वालेन्द्र शाह नेतृत्वको...
काठमाडौं । नेपाल कृषि अनुसन्धान परिषद् (नार्क) मा वैज्ञानिक कर्मचारीको तलब संरचनामा देखिएको गम्भीर असमानताले वैज्ञानिक समुदायमा असन्तुष्टि बढ्दै गएको छ । एउटै संस्थामा...
काठमाडौं । मधेश प्रदेश स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मापदण्ड पूरा नगरेका ४ अस्पतालको नवीकरण र स्तरोन्नति गर्ने क्रममा ठूलो आर्थिक चलखेल भएको तथ्य ढिलोगरी...
काठमाडौं । राष्ट्रिय अनुसन्धान विभागका उप अनुसन्धान निर्देशक (एसपी) शेरजंगबहादुर चन्द सरकारी सेवाका प्रावधानलाई नाघेर व्यापारिक कारोबारमा संलग्नमात्र छैनन्, कारोबारका सिलसिलामा मानिसहरुलाई भुक्तानी नदिने...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend