Nepal Face
  • शुक्रबार, ८ साउन २०८३
  • धितोपत्र बोर्ड अध्यक्ष नियुक्तिमा प्रधानमन्त्री–अर्थमन्त्री टकराव, १९ दिनसम्म नियुक्ति अलपत्र


    आइतबार, जेष्ठ २४ २०८३
    910
    Shares
    नेपाल फेस
  • २ मिनेट पाठ
  • काठमाडौं । धितोपत्र बोर्डको अध्यक्ष पदमा नाम सिफारिसका लागि गठित सिफारिस समितिले जनाको नाम सिफारिस गरेको १८ दिन बितिसक्दा पनि नियुक्ति हुनसकेको छैन ।

    जेठ ५ गते समितिले ४ जनाको नाम सिफारिस गरेको थियो । ४७ जना आवेदकमध्येबाट ४ जना छनोट गरी सिफारिस गरेको थियो । छनोटमा परेकाहरुमा डा. नवराज अधिकारी, विनयदेव आचार्य, मुकुन्दकुमार क्षेत्री र डा. गोपाल भट्ट रहेका छन् । यी चार जनालाई समितिले जेठ ८ गते छुट्टाछुट्टै छलफलका लागि अर्थमन्त्रालयमा बोलाएको थियो । तर छलफलमा बोलाएको १५ दिन भइसक्दा पनि नियुक्ति हुनसकेको छैन ।

    सिफारिस भएका चारै जनाको नाम प्रधानमन्त्री वालेन्द्र शाह र उनको सल्लाहकार टीमले नरुचाएपछि धितोपत्र बोर्डको अध्यक्षको लागि पुनः अर्को समिति गठन हुने स्रोत बताउँछ । धितोपत्र बोर्डको अध्यक्षका लागि पुनः अर्को सिफारिस समिति गठन गरी नियुक्ति गर्ने पक्षमा प्रधानमन्त्री कार्यालयको टीम रहेको छ ।

    धितोपत्र बोर्डको अध्यक्ष नियुक्ति प्रधानमन्त्री कार्यालयकै कारण रोकिएको स्रोत बताउँछ । धितोपत्र बोर्डजस्तो महत्वपूर्ण नियामक निकायमा प्रधानमन्त्री शाह आफ्नो अनुकूलको ब्यक्तिलाई नियुक्ति गराउने पक्षमा छन् ।

    अर्थमन्त्री डा. स्वर्णिम वाग्ले ४७ जनामध्येबाट ४ जनाको समितिले सिफारिस गरेपछि ती मध्येबाट नियुक्ति गर्नुपर्ने पक्षमा भए पनि प्रधानमन्त्रीको रुचीको ब्यक्ति नभएकाले नियुक्तिको संभावना टरेको स्रोत बताउँछ । अर्को सिफारिस समितिबाट प्रधानमन्त्रीको रुचीको मानिस सिफारिस गराई नियुक्ति गर्ने तयारी भइरहेको स्रोतको दाबी छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार