काठमाडौं । दरबारमार्गस्थित नेपाल ट्रष्टको कार्यालय र थामसेर्कु ट्रेकिङ प्रा. लि. को बीचमा जग्गा लिजमा दिने र लिने करार सम्झौता दीर्घकालीन हानी नोक्सानी पुर्याएकोमा पूर्वसचिव अर्जुनकुमार कार्कीलाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो(सीआईबी)ले पक्राउ गरेको छ ।
नेपाल ट्रष्टलाई गैरकानूनी तवरले लाभ लिई ठगी, आपराधिक विश्वासघात गरेको अभियोगमा कार्कीलाई सीआईबीले आइतबार पक्राउ गरेको हो ।
नेपाल ट्रष्टको जग्गा थामसेर्कुलाई लिजमा दिंदा उल्लेख भएको कित्ता नं ४६०६ को जग्गा भन्दा बढी अर्को कि.नं ४६०५ समेत थप गरी लिजमा दिने र लिने सम्बन्धमा बदनियतपूर्वक नेपाल ट्रष्टको नाममा रहेको जग्गा बुट मोडलको निमित्त निर्माण अवधि ३ वर्ष समेत ३० बर्षको लागि लिजमा दिनेर लिने सम्झौता गरी नेपाल ट्रष्टको कार्यालयलाई दीर्घकालीन हानीनोक्सानी हुनेगरी सम्झौता गरेको आरोपमा कार्की पक्राउ परेका हुन् ।
ठगी, आपराधिक विश्वासघात सम्बन्धी कसूरको अनुसन्धानको सिलसिलामा उक्त करार संझौता गर्ने कार्यमा संलग्न रहेका तत्कालिन सहसचिव लेखबहादुर कार्कीलाई कात्तिक २१ गते सीआईबीले पक्राउ गरिसकेको छ ।
लेखबहादुर कार्कीमाथि अनुसन्धान हुँदै जाँदा अर्जुनकुमार कार्कीको समेत संलग्नता रहेको खुल्न आएकोले पक्राउ गरिएको सीआईबीले जनाएको छ ।
काठमाडौं। सम्पत्ति शुदीकरणसम्बन्धी मुद्दाको पुर्पक्षका लागि थुनामा रहेका व्यवसायी दीपक भट्ट्ले दायर गरेको बन्दीप्रत्यक्षीकरणको रिटमाथि आज सुनुवाइ हुँदैछ। न्यायाधीश शारङ्गा सुवेदी र शान्तिसिंह थापाको...
काठमाडौँ। सशस्त्र प्रहरी बल, नेपालले बिदा तथा अनुमति नलिई कार्यस्थलमा अनुपस्थित रहेका सात जना सशस्त्र प्रहरी कर्मचारीलाई सात दिनभित्र कार्यालयमा हाजिर हुन निर्देशन दिएको...
सिन्धुली । राष्ट्रिय गौरवको आयोजना सुनकोशी मरिण डाईभर्सनका आयोजना निर्देशक कृष्णकुमार रिजाल कार्यकक्षबाटै पक्राउ परेका छन् । उनलाई जिल्ला प्रहरी कार्यालय सिन्धुलीबाट खटिएको प्रहरी...
काठमाडौँ । प्रहरी महानिरीक्षक(आईजीपी) दानबहादुर कार्कीले नेपाल प्रहरीको नीति समन्वय समिति (पीसीसी) को बैठक बोलाएका छन्। बिहीबार दिउँसो २ बजे नक्सालस्थित प्रहरी प्रधान कार्यालयमा...
काठमाडौं । पर्यटक भिषामा नेपाल आइ क्रिश्चियन धर्म प्रचार गरेको आरोपमा ५ अमेरिकीसहित १० जना विदेशी नागरिक पक्राउ परेका छन् । गृहमन्त्री सुधन गुरुङको सचिवालयका...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend