Nepal Face
  • आइतबार, ९ कार्तिक २०८३
  • लेबनानमा हुने महिला फुटबल प्रतियोगितामा नेपाल सहभागी नहुने


    शनिबार, असार १६ २०८१
    1.3K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ । नेपाली महिला फुटबल टिमले लेबनानमा हुने भनिएको चार देशीय फुटबल प्रतियोगितामा अन्तिम समयमा सहभागिता नजनाउने भएको छ ।

    अखिल नेपाल फुटबल संघ (एन्फा) ले लेबनानमा विकसित भएको पछिल्लो घटनाक्रम र राष्ट्रिय टोलीका खेलाडी तथा अन्य सदस्यहरूको सुरक्षालाई मध्यनजर गर्दै सेडार्स वुमन्स इन्टरनेशनल टुर्नामेन्टमा भाग नलिने निर्णय लिएको जनाएको छ ।

    जुलाई ८ देखि १६, २०२४ सम्म बेरुतमा हुने भनिएको सो प्रतियोगिताका लागि एन्फाले २२ सदस्यीय महिला टिमको घोषणा समेत गरिसकेको थियो ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार