काठमाडौँ । अखिल नेपाल फुटबल संघ (एन्फा) ले आज हुने साफ महिला च्याम्पियनसिपको फाइनल हेर्न जाने दर्शकलाई विशेष निगरानी गर्ने भएको छ ।
कार्तिक ११ गते दशरथ रङ्गशालामा नेपाल र भारतबीचको सेमिफाइनल खेलमा घटेका घटनाक्रमपछि एन्फाले सुरक्षामा विशेष ध्यान दिने बताएको हो ।
एन्फाले आज हुने फाइनल खेल गर्न जाने दर्शकले दशरथ रङ्गशालाभित्र कुनै पनि प्रकारका धारिला हातहतियार, चुरोट, लाइटर, सलाइ, मदिरा र अन्य नशालु पदार्थ, ठूला ब्याग तथा हेल्मेट लान निषेध गरेको जानकारी दिएको छ ।
त्यस्तै अनुमति बिना ब्यानर, झण्डा, पोस्टर, पानीको बोतल, क्यान, पत्थर र अन्य फ्याँक्न मिल्ने धातुका मुद्रा क्याइन, कुनै पनि प्रकारका लागुऔषध, छाता, लिबिस्टिक, नेल कटर, कैँची, काइयोलगायतका सामग्री रङ्गशालाभित्र लान निषेध गरिएको एन्फाले जनाएको छ ।
त्यस्तै एन्फाले फाइनल खेलको टिकट बिक्रि आफै गर्ने भएको छ । सेमिफाइनल खेलमा टिकट बिक्रिको अधिकार पाएको माउण्ट एभरेष्ट स्पोर्टस एण्ड इभेन्ट्स प्रालिले क्षमता भन्दा बढी टिकट बिक्रि गरेको पाइएपछि सम्झौता रद्द गरेको छ ।
एन्फाले फाइनल खेलको लागि जम्मा ११ हजार टिकट बिक्री गरिनेछ जानकारी दिएको छ, जसमध्ये १० हजार साधारण पारापिटतर्फ र १००० भिआइपी पारापिट तर्फको टिकट रहने जनाएको छ ।
खेलको टिकटहरू जावलाखेल स्थित जावलाखेल फुटबल खेलमैदान र भद्रकाली स्थित नेपाल आर्मीको गेटमा रहेको काउन्टरबाट बिक्री गरिने र टिकटहरू कुनै पनि अनलाइन माध्यमबाट बिक्री नगरिने एन्फाले जनाएको छ ।
त्यस्तै एक व्यक्तिलाई अधिकतम दुई भिआइपी र पाँच साधारण टिकट बिक्री गरिने जानकारी दिदै एन्फाले यसअघि अनलाइन माध्यमबाट किनिएका भिआइपी टिकटको रकम फिर्ता गरिनेछ भने साधारण टिकटलाई भने यथावत रूपमा कायम गरिने जानकारी दिएको छ ।
काठमाडौँ। सप्तकोशी नदीमा यात्रु बोकेको मोटरबोट पल्टिँदा पाँच वर्षीया बालिकासहित तीन जनाको मृत्यु भएको छ। आइतबार दिउँसो दुई बजेतिर भोजपुरको कोप्चेबाट सुनसरीको बराहक्षेत्रतर्फ आउँदै गरेको...
काठमाडौं । विवादित अडियो काण्डमा मुछिएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद खगेन्द्र सुनारले पार्टीको अनुशासन आयोगसमक्ष लिखित इन्कारी पत्र बुझाएका छन्। एक महिलासँगको विवादित...
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)को सुरक्षाका लागि दैनिक १ हजार भन्दा बढी प्रहरी परिचालन हुने भएका छन् । जिल्ला प्रहरी परिसर काठमाडौंले एनपीएलकै लागि...
काठमाडौं । नेपाली बजारमा आज सुनचाँदीको मूल्यमा उच्च गिरावट आएको छ । सुनको भाउ प्रतितोला ११ हजार ७ सय रुपैयाँले गिरावट आएको हो । नेपाल...
काठमाडौँ । नेपाल विद्युत प्राधिकरणले चालु आर्थिक वर्ष (आव) २०८३–८४ को असोज महिनामा भारततर्फ ५ अर्ब ९२ करोड ५० लाख रुपैयाँ बराबरको विद्युत निर्यात...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend