काठमाडौं । काठमाडौं महानगरपालिकाको नगर सभा बैठक स्थगित भएको छ ।
शुक्रबार बिहान ८ बजेका लागि डाकिएको नगर सभामा मेयर बालेन शाह उपस्थित नभएपछि बैठक स्थगित भएको हो । आजको बैठकले आगामी वर्षको बजेट पारित गर्ने कार्यसूची तय गरेको थियो ।
आज आगामी वर्षको २०८१/०८२ को नीति तथा कार्यक्रम पारित गर्ने र बजेट तथा कार्यक्रम सम्बन्धमा छलफल र पारित गर्ने कार्यसूची थियो ।
यस्तै, काठमाडौं महानगरपालिका आर्थिक विधेयक, विनियोजन विधेयक छलफल र पारित गर्ने कार्यसूची थियो ।
न्यायिक समितिको आर्थिक वर्ष २०८०/०८१ को प्रतिवेदन, लेखा समितिको आर्थिक वर्ष २०८०/०८१ को प्रतिवेदन छलफल गर्ने र पारित गर्ने कार्यसूची रहेको थियो ।
यसैबीच मेयर बालेन्ले शुक्रबार एक स्ट्याटस लेख्दै कांग्रेस-एमालेका जनप्रतिनिधिले नगर सभा बैठक रोकेको आरोप लगाएका छन् ।
उनले कांग्रेस-एमालेका जनप्रतिनिधिले विपी र पुष्पलालको नाममा करोडौको कार्यक्रम गर्न भनेको उल्लेख गर्दै आफुले त्यसको बदला चार स्वतन्त्र सेनानी सहीदहरू शुक्रराज शास्त्री, धर्मभक्त माथेमा, दशरथ चन्द, गङ्गालाल श्रेष्ठको नाममा गरौँ भनेको उल्लेख गरेका छन् ।
उनले भनेका छन्-
एमाले काङ्ग्रेसले बीपी कोइराला, मदन भण्डारीको नाममा करोडौँको कार्यक्रम गरौँ भन्नुभयो । मैले चार स्वतन्त्र सेनानी सहीदहरू शुक्रराज शास्त्री, धर्मभक्त माथेमा, दशरथ चन्द, गङ्गालाल श्रेष्ठको नाममा गरौँ भनेँ । सायद काङ्ग्रेस एमालेलाई नेपालको क्रान्तीमा उहाँहरुभन्दा धेरै काङ्ग्रेस एमालेको नेताहरूको योगदान धेरै देख्नु भयो होला । त्यसपछी आज बस्ने नगरसभा बैठक रोकेर जानु भयो ।
काठमाडौं । गृहमन्त्री सुधन गुरुङ जेन्जी आन्दोलनलाई अपमान नगर्न चेतावनी दिएका छन्। जेन्जी शहीद स्मृति दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै जेन्जी आन्दोलनलाई अपमान...
काठमाडौँ । सुशासन, रोजगार र अवसरको खोजीसँगै युवा पुस्ताको संघर्षले भएको जेन जेड आन्दोलनको एक वर्ष पूरा भएको छ । स्वदेशमै रोजगारको सिर्जना गर्ने...
काठमाडौँ। नेपाली कांग्रेसको १५औं महाधिवेशनका लागि राष्ट्रिय सभा गृहको हल, लबी, पार्किङ स्थल र बगैंचा बुकिङ गरिएको छ। मंगलबार कांग्रेसका कार्यवाहक मुख्य सचिव कृष्णप्रसाद दुलालले...
काठमाडौं । सत्तारुढ दल रास्वपाका सभापति रवि लामिछानेले एक वर्षअघि भएको जेनजी आन्दोलनलाई नयाँ जागरण विस्फोटको रुपमा उल्लेख गरेका छन्। जेनजी शहीद दिवसको अवसरमा वक्तव्य...
काठमाडौँ। प्रमुख प्रतिपक्षी तथा नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले जेन–जी विद्रोहका क्रममा भएका घटनाबारे राष्ट्रिय मानव अधिकार आयोगले गरेको सिफारिस तत्काल कार्यान्वयन...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend