काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालय भिजिट भिसाका कारण बदनाम छ । प्रहरीले हिस्सा नपाएपछि केही महिनाअघि अध्यागमन एयरपोर्टका कर्मचारीसँग विवाद सृजना भई कुटाकुट समेत भएको थियो ।
तत्कालीन डीआईजी अर्जुन चन्द ठकुरीले भिजिट भिसामा हिस्सा नपाएकै कारण अध्यागमन कर्मचारीहरुलाई प्रहरीले कुटपिट गरेको बिषय सार्वजनिक हुन पुगेको थियो । भिजिट भिसा सेटिङमा मानव बेचबिखन अनुसन्धान ब्यूरोका तत्कालीन एसएसपी जीवनकुमार श्रेष्ठले सई दिब्य मोक्तानमार्फत् सेटिङ गर्दैआएका थिए । मानव बेचबिखन ब्यूरो भिजिट भिसा सेटिङमा बदनाम भएको कुरा आईजीपी बसन्तबहादुर कुँवरसम्मै पुगेपछि उनले एसएसपी श्रेष्ठलाई घुस्याहाकै संज्ञा दिएका थिए ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने सुन तस्करीमा भन्सार र नागरिक उड्डयनका कर्मचारीजस्तै प्रहरी पनि उत्तिकै जिम्मेवार रहेको बिषयमा भने ध्यान पुग्न सकेको छैन । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा दसौं बर्षदेखि कार्यरत प्रहरी छन् । ती जुनियर प्रहरी अधिकृतहरु १० वर्षदेखि काजमा खटाएर हाकिमहरुले आफ्नो दुनो सोझ्याउने काम गर्दै आएको आरोप छ ।
हालका त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयका डीआईजी कृष्णहरि शर्मा पोखरेलले पनि पैसा उठाउन असई विनयकुमार सिंहलाई घुमुवा राखेका छन् । त्रिभुवन बिमानस्थलबाट खाडी मुलुकमा व्यापक सूर्ती र गुट्खा अवैध रुपमा लाने गिरोह नै छ । त्यसरी सूर्ती गुट्खा तस्करी गराउने कार्यमा एयरपोर्ट नजिकका होटेल ब्यवसायी, कार्गो कुरियर र ट्याक्सीवालाहरुलाई असई सिंहले पैसा–रक्सी मागेको व्यापक जनगुनासोपछि उपत्यका प्रहरी कार्यालयले ललितपुर परिसर काज सरुवा गरेको छ । तर पछिल्लो समय उपत्यका प्रहरीले रमाना गर्न ताकेता गरेपछि डीआईजी पोखरेलले रेकर्ड नजनाई १० दिन ठाडो आदेशमा बिदा छोडेका छन् ।
अहिले आफ्नो बढुवा भएपछि बिदाबाट बोलाएर असई सिंहलाई फेरि उठौतीपुठौती धन्दामा लगाएका छन् । असई बिनयकुमार सिंहको दरबन्दी इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुर रौतहटमा हो । उनी जिल्ला प्रहरी कार्यालय काजमा खटिएका छन् । तर रमाना नबुझी डीआईजी पोखरेलको आशीर्वादमा विमानस्थलमा कार्यरत छन् ।
यस अगाडि वरिष्ठ हवल्दार हुँदा तराईमा पनि घुमुवा थिए उनी । तत्कालीन डीआईजी तथा हाल आईजीपी बसन्तबहादुर कुँवरले उनलाई काठमाडौंको दरबन्दीमा रमाना गरेका थिए । अहिले असई बढुवा भएपछि रौतहटमा दरबन्दी छ । तर दरबन्दी चन्द्रनिगाहापुर भएपनि काठमाडौं एयरपोर्टमा असुलीमा खटिएका छन् । उनका बारेमा धेरै गुनासा आएपछि उपत्यका प्रहरी कार्यालय रानीपोखरीका एआईजी दीपक थापाले ललितपुर परिसर काज गरेको तर डीआईजी पोखरेलले रमाना गर्न अटेर गर्दैआएका छन् ।
सोहीकारण उपत्यका प्रहरी कार्यालय र एयरपोर्टका डीआईजीबीच नै मनमुटाव हुन पुगेको छ । डीआईजी शर्मा बढुवापछि पनि एयरपोर्टमै बसेर असई सिंहलाई प्रयोग गरेर पैसा उठाउन खोजेको आरोप छ । एयरपोर्टबाट खाडीमा व्यापक सूर्तीजन्य सामाग्री ब्यापक तस्करी भइरहेको छ । गृहमन्त्री रवि लामिछानेले घुमुवा हटाउने भने पनि त्यो पालना गरेको छैन । डीआईजी शर्माले खुलेआम सूर्ती र गुट्खा तस्करी गरेर पैसा उठाउँदा कारबाही गर्नुको साटो संरक्षण गर्दा लामिछानेको निर्देशन ब्यवहारमा लागू हुन नसकेको देखिन्छ ।
भोलाप्रसाद रोका पृष्ठभूमिः साँझ पर्नासाथ सहरका सडकहरू उज्यालो हुन्छन् । पसलका साइनबोर्ड चम्किन्छन्, गाडीका बत्तीहरू दौडिन्छन्, अग्ला भवनका झ्यालहरूमा जीवनका अनेक दृश्य देखिन्छन् । तर यही...
बीरगञ्ज । २ अर्ब ३९ करोड रुपैयाँभन्दा बढीका हुण्डी कारोबारीलाई संगठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्दा नचलाएको बिषयमा विवादमा परेपछि जिल्ला सरकारी वकिल कार्यालय...
बीरगञ्ज । मुलुकको अर्थतन्त्रलाई खोक्रो पार्ने आर्थिक अपराधका रुपमा अबैध हुन्डी कारोबारलाई लिने गरिएको छ । २ अर्ब ३९ करोड रुपैयाँभन्दा बढी अवैध हुन्डी कारोबारसँग...
कलैया । बाराको फेटा गाउँपालिका–३, फेटाका चार युवाले नेपाल प्रहरीको प्रहरी सहायक निरीक्षक (असई) पदमा सफलता हासिल गरेपछि गाउँमा खुसी छाएको छ । एउटै वडाका चार...
काठमाडौं । पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा मुद्दा सेटिङमा मात्र होइन, सहरी विकास तथा भवन बिभागले निर्माण गर्नुपर्ने सर्वोच्च अदालतको भवनको ठेक्का सेटिङको बिषयमा पनि छानबिनमा...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend