Nepal Face
  • आइतबार, ९ कार्तिक २०८३
  • सुनचाँदीको मुल्य बढ्यो, तोलाको कति पुग्यो ?


    सोमबार, बैशाख ३ २०८१
    1.7K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । नेपाली बजारमा सुनचाँदीको मुल्य बढेको छ ।  नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन तोलामा ७०० ले बढेर १ लाख ३७ हजार ५०० कायम भएको छ ।

    यसैगरी, तेजावी सुनको मूल्य तोलाको १ लाख ३६ हजार ८५० रुपैयाँ निर्धारण भएको छ ।

    यसअघि आइतबार छापावाल सुन प्रतितोला १ लाख ३६ हजार ८०० रुपैयाँ किनबेच भएको थियो भने तेजावी सुनको मूल्य तोलाको १ लाख ३५ हजार १५० रुपैयाँमा कारोबार भएको थियो ।

    त्यसैगरी आज चाँदीको मुल्य पनि बढेको छ । महासंघका अनुसार आज चाँदीको मुल्य तोलामा १५ रुपैयाँले बढेर  प्रतितोला १७ सय १५ रुपैयाँमा कारोबार भइरहेको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार