काठमाडौं । भूमिब्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री बलराम अधिकारीलाई सर्वोच्च अदालतले राष्ट्रिय भूमि आयोग बिघटनको बिपक्षमा आदेश दिएको छ ।
आयोग हचुवाका आधारमा बिघटन गरेको निर्णय तत्कालीन अध्यक्ष केशव निरौला लगायतको नेतृत्व सर्वोच्चमा पुगेको थियो । सर्वोच्च अदालतले तत्काललाई अन्तरिम आदेश जारी गरेको छ । रिट जारी भएसँगै तत्कालका लागि भूमि आयोग गठन गर्ने र देशभरका एमालेका कार्यकर्ता भर्ति गर्ने योजना तत्काललाई तुहिन पुगेको छ ।
मन्त्रालयको नेतृत्व परिवर्तन भएसँगै भूमि आयोग बिघटन र गठनको गोलचक्कर विगतदेखि हुँदैआउँदा भूमिहीनहरुले जग्गाधनी पूर्जा पाउने सपना सपनामै सीमित हुने देखिएको छ । भूमि आयोग गठनका लागि मन्त्री अधिकारीले मन्त्रिपरिषदमा प्रस्ताव लैजानका लागि तयारी गरिसकेका थिए ।
आयोग गठनसँगै आयोगको अध्यक्षका लागि एमाले नेता देवी ज्ञवालीलाई जिम्मेवारी दिने लगभग निश्चित भइसकेको थियो । केन्द्रदेखि जिल्लासम्मको अध्यक्षमा एमाले, उपाध्यक्ष र सदस्यहरुमा सत्ता गठबन्धनका दहरुबीच भागबण्डामा कार्यकर्ता नियुक्ति गर्ने तयारी थियो । त्यसका लागि देशभरका सत्ता गठबन्धनका नेता–कार्यकर्ताहरु राजधानीमा नियुक्तिका लागि धाउन थालिसकेका थिए । तर सर्वोच्चको आदेशसँगै नयाँ आयोग गठन टरेको छ ।
यसैगरी, युवा तथा खेलकुद मन्त्री बिराजभक्त श्रेष्ठ राष्ट्रिय खेलकुद परिषद, युवा परिषद्, स्काउट लगायतका निकायको नेतृत्व परिवर्तनको तयारीमा छन् । यसअघिका खेलकुद सचिव रविलाल पन्थले मन्त्री श्रेष्ठको योजनामुताविक मन्त्रालय मातहतका निकायका राजनीतिक नियुक्ति हटाउन तत्परता नदेखाएपछि उनलाई निर्वाचन आयोगमा सरुवा गरिएको छ । अहिले युवा तथा खेलकुद मन्त्रालय सचिवबिहीन छ ।
राष्ट्रिय खेलकुद परिषदको सदस्य सचिव र युवा परिषदका उपाध्यक्ष माओवादीनिकट टंकलाल घिसिङ र सुरेन्द्र बस्नेत छन् । उनीहरुलाई हटाउन मन्त्रिपरिषदमै प्रस्ताव लानुपर्ने भएकाले त्यति सहज छैन । एमालेका युवानेताका रुपमा चिनिएका कानुन मन्त्री पदम गिरी कतै पनि चर्चामा छैनन् । संसदमा प्रमुख सचेतक हुँदा प्रभावकारी भूमिका खेलेकै कारण मन्त्री हुन सफल भएका गिरी मन्त्रालयकै कार्यक्षेत्रमा नपर्ने संघ संस्थाका बार्षिकोत्सवमा देखिन थालेका छन् ।
संघीयता कार्यान्वयनमा धेरै ऐन कानुन बाँकी छन् । आगामी बैशाख दोस्रो साता हुन लागेको लगानी सम्मेलनपूर्व दर्जनौं कानुन बनाउनु्पर्ने दायित्व कानुन मन्त्रालयको हो । तर सरोकारवाला मन्त्रालयसँग अहिलेसम्म छलफल नचलाएका गिरी बेसुरले अनावश्यक कार्यक्रममा सहभागी हुँदा उनको वजन घट्दै गएको महसुस हुन थालेको छ । न्यायपरिषदको सदस्य समेत रहेका मन्त्री गिरीले परिषदले गतहप्ता १० न्यायाधीश सिफारिस गर्दा कस्ता कस्ता ब्यक्ति भए, भेउ पाउन सकेनन् ।
प्रधानन्यायाधीशले जे नाम पेश गरे, त्यही नाममा हस्ताक्षर गरेको आरोप उनीमाथि छ । न्यायाधीश नियुक्तिमा आर्थिक चलखेल भएको आशंका गरिए पनि मन्त्री गिरी भने चुपचाप छन् । कतिपयले पूर्वकानुन मन्त्री अग्निप्रसाद सापकोटामार्फत् बालकोटमै पुगेर भेटीघाटी बुझाएर पनि न्यायाधीश भएको स्रोतले बताएको छ ।
यसपटकको जिल्ला न्यायाधीश सिफारिसमा न त बरिष्ठतालाई आत्मसात गरिएको छ, राम्रो छवि भएकाहरु नै परेका छन् । जिल्ला न्यायाधीश नियुक्तिमा पूर्वकानुन मन्त्री धनराज गुरुङ, पूर्व कानुन सचिव उदयराज सापकोटा नै हावी हुन पुगेको चर्चा चलेको छ ।
काठमाडौं । बाढी प्रभावित रसुवाका बालबालिकालाई कुपोषणको जोखिमबाट जोगाउन स्वास्थ्य सेवा विभागले ३० हजार स्याचेट Ready-to-Use Therapeutic Food (RUTF) रसुवा पठाएको छ । बाढीका कारण...
सुयोग शर्मा भदौ १० गते रसुवामा बाढी आयो । स्वास्थ्यका सबै निकाय परिचालन भए तर एकीकृत र प्रभावकारी हुन सकेनन् । कतै स्वास्थ्य सामग्रीको अभाव...
ललितपुर । कारागारमा रहेका व्यक्तिको निर्देशनमा ठूलो लागूऔषध सञ्जाल सञ्चालन भइरहेको आशंकाबीच सशस्त्र प्रहरी बल नेपालको इन्टेलिजेन्स ब्यूरोले ललितपुरको च्यासलबाट १७ हजार ४ सय...
काठमाडौं । देशको राजधानी काठमाडौंको टेकूमा रहेको केन्द्रीय जनस्वास्थ्य प्रयोगशाला(सेन्टर ल्याब) को ब्यवस्थापन प्रभावकारी नहुँदा आम नागरिकले दिनहुँ सास्ती ब्यहोर्नुपरेको छ । भरपर्दो र विश्वसनीयका...
काठमाडौं । नेपालमा जापानिज इन्सेफ्लाइटिस (जेई) संक्रमण र यसबाट हुने मृत्युको अवस्था गम्भीर बन्दै गएपछि स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताले उच्च जोखिममा...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend