काठमाडौं । सरकारले राष्ट्रिय खेलकुद परिषदका उपाध्यक्ष ध्रुव आचार्यलाई बर्खास्त गर्ने भएको छ । राष्ट्रिय सतर्कता केन्द्रले गरेको छानबिनमा आचार्यको नियुक्ति प्रक्रियामै कैफियत देखिएपछि मन्त्रालयले उनलाई बर्खास्त गर्न लागेको हो ।
सतर्कता केन्द्रले योग्यता नपुगी नियुक्त गरिएका परिषदका उपाध्यक्ष आचार्यलाई पदमुक्त गर्न सरकारलाई निर्देशन दिएकाले युवा तथा खेलकुद मन्त्रालयका सचिव डा. हरि लम्सालले उनलाई राजीनामा दिन आग्रह गरेका थिए । तर उपाध्यक्ष पदबाट राजीनामा दिन आचार्यले अस्वीकार गरेपछि उनलाई पदमुक्त गर्ने तयारीमा युवा तथा खेलकुद मन्त्रालय पुगेको छ ।
मन्त्रालयका एक अधिकारीका अनुसार सचिवज्यूले बोलाएर उपाध्यक्षलाई राजीनामा दिन आग्रह गर्नुभएको थियो, तर उहाँले अस्वीकार गरेपछि पदमुक्त गर्ने प्रक्रिया अगाडि बढ्छ ।
राष्ट्रिय सतर्कता केन्द्रले उपाध्यक्षमा नियुक्त आचार्यको योग्यताका बिषयमा परेको उजुरीउपर छानबिन गरेको थियो । युवा तथा खेलकुद मन्त्रालयको अभिलेखमा आचार्यको योग्यता एसएलसीसम्म मात्र रहेको देखिन्छ ।
सरकारी तथा संस्थान, प्रतिष्ठान, परिषदको निकायका पदाधिकारी नियुक्ति र मनोनयन गर्दा आवश्यक कानुन निर्माण गर्न र सो निर्माण नभएसम्म कम्तीमा स्नातक योग्यता हासिल गरेका ब्यक्तिलाई प्रतिस्पर्धाबाट नियुक्ति गर्न सर्वोच्च अदालत २०७८ भदौ २४ गते आदेश जारी गरेको थियो । तर अदालतको यो आदेशबिपरीत सरकारले आचार्यलाई नियुक्ति गरेको पाइएपछि सतर्कताले पदमुक्त गर्न निर्देशन दिएको थियो ।
मन्त्रिपरिषदको २०८१ पुस १६ को राष्ट्रिय खेलकुद विकास ऐन, २०७७ को दफा ३ को उपदफा २ को खण्ड ‘ख’ बमोजिम आचार्यले नियुक्ति पाएका थिए । तर उनको नियुक्ति प्रक्रियामा प्रचलित कानुन र निर्देशन उल्लंघन गरेको ठहर सतर्कताको छ । वर्तमान मुख्यसचिव सुमनराज अर्याल युवा तथा खेलकुद सचिव हुँदा आचार्यलाई खेलकुद परिषदको उपाध्यक्षमा नियुक्ति गरिएको थियो ।
आचार्यलाई नियुक्तिका लागि तत्कालीन युवा तथा खेलकुद मन्त्रालयका सचिव अर्यालले मन्त्रिपरिषद कार्यालयमा प्रस्ताव पठाएका थिए । उनै अर्यालद्वारा हस्ताक्षरित ०८१ पुस १४ गते पठाइएको प्रस्ताव लगत्तै पुस १६ गते बसेको मन्त्रिपरिषदले आचार्यलाई परिषदको उपाध्यक्ष नियुक्त गर्ने निर्णय गरेको थियो । प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयले अर्यालले पठाएको प्रस्ताव अध्ययन नै नगरी जस्ताको तस्तै निर्णय गरी उनलाई नियुक्ति गर्ने निर्णय गरेको थियो ।
आचार्य एमालेनिकट मदन भण्डारी स्पोर्टस् एकेडेमीका अध्यक्ष समेत हुन् । खेलकुद परिषदमा नियुक्ति भएपछि उनले एकेडेमीको कार्यक्रममा जाँदा सरकारी गाडीदेखि राखेपको स्रोत साधन दुरुपयोग गरेको आरोप लाग्दैआएको छ । राखेपका अध्यक्ष टंकलाल घिसिङको कार्यकाल मंसिर १२ गते सकिसकेको छ । उपाध्यक्ष आचार्यलाई पनि सरकारले सतर्कताको निर्देशन अनुसार पदमुक्त गर्ने भएपछि दुबै पद रिक्त हुने भएका छन् ।
काठमाडौँ। राष्ट्रपति रामचन्द्र पौडेलले भोटेकोसी बाढीप्रभावितहरूको पुनर्स्थापना र पूर्वाधार पुनर्निर्माणबारे चासो व्यक्त गरेका छन्। बुधबार उनले परराष्ट्रमन्त्री शिशिर खनाल र पूर्वाधार विकास मन्त्री सुनिल लम्सालसँग...
काठमाडौं । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टीको आधिकारिकतासम्बन्धी मुद्दा पुनरावलोकनका लागि सर्वोच्च अदालतले दिएको अनुमतिबाटै आधाभन्दा बढी विजय भइसकेको दाबी गरेका छन् । कांग्रेस...
काठमाडौँ । सर्वोच्च अदालतले सार्वजनिक पदाधिकारीहरूले शिष्टाचार भेटघाट तथा विदेश भ्रमणका क्रममा प्राप्त गरेका उपहार राज्यकोषमा दाखिला गर्न सरकारका नाममा निर्देशनात्मक आदेश जारी गरेको...
काठमाडौँ । प्रतिनिधि सभामा ‘नेपाल कानुन आयोग (पहिलो संशोधन) विधेयक, २०८३’ प्रस्तुत भएको छ । सभाको आजको बैठकमा कानुन न्याय तथा संसदीय मामिलामन्त्री सोविता...
काठमाडौं । रास्वपाका सभापति रवि लामिछानेले पार्टी पंक्तिलाई नागरिकको आक्रोशलाई लक्षित गरेर सामाजिक सञ्जाल वा चोकचौतारोमा तुच्छ टीकाटिप्पणी नगर्न संसदबाट निर्देशन दिएका छन् । उनले...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend