काठमाडौं । राष्ट्रिय खेलकुद परिषदका उपाध्यक्ष ध्रुव आचार्यको शैक्षिक योग्यताको बिषयलाई लिएर अख्तियार र राष्ट्रिय सतर्कता केन्द्रमा उजुरी परेको छ । ती दुवै निकायमा परेको उजुरीमा उनको शैक्षिक योग्यता एसएसलीसम्म रहेको तर उपाध्यक्ष पदका लागि उनको योग्यता नपुग्ने दाबी उजुरीमा गरिएको छ ।
बुटवलको कालिका माध्यमिक विद्यालयबाट एसएलसीसम्म अध्ययन गरेको प्रमाणपत्र पेश गरेर आचार्य परिषदको उपाध्यक्ष नियुक्ति भएका हुन् । त्यही नियुक्तिको प्रमाणपत्र पेश गरेर मन्त्रिपरिषदले उनलाई उपाध्यक्षमा नियुक्ति गरेको हो । जबकि उनीभन्दा मर्यादाक्रममा कनिष्ट पदका रुपमा लिइने परिषदको सदस्य सचिवको स्नात्तकोत्तर योग्यता तोकिएको छ ।
यसअघि उपाध्यक्षहरुको शैक्षिक योग्यता एसएलसीभन्दा माथि रहेको थियो । मदन भण्डारी स्पोर्टस् एकेडेमीका अध्यक्षसमेत रहेका आचार्य अर्थमन्त्री बिष्णु पौडेलको दबाबमा खेलकुद परिषदको उपाध्यक्षमा नियुक्ति भएका हुन् । उनको नियुक्तिको बिषयसँगसँगै जथाभावी स्रोत साधन दुरुपयोग गरेको हुँदा हदैसम्मको कारबाहीको माग गरिएको छ ।
मदन भण्डारी एकेडेमीको कार्यक्रम संचालनका लागि परिषदको स्रोत साधनको दुरुपयोग गर्दैआएका आचार्यकै सिको गर्दै परिषदका अर्का सदस्य कमल भट्टराईको भ्रमण खर्च सम्बन्धी बिषयसमेत छानबिन गर्न माग गरिएको छ ।
ओलम्पिक कमिटीको विवादलाई ९ महिनादेखि झन् चर्काउँदैआएका युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरीको कार्यशैलीको बिषयलाई प्रधानमन्त्रीले कांग्रेस सभापति शेरबहादुर देउवालाई समेत अवगत गराइसकेका छन् । आधा दर्जनभन्दा खेलकुद संघहरुको तदर्थ समिति बनाएर विवादमा आएका चौधरीले ओलम्पिक कमिटीको विवादलाई समाधान गर्नेभन्दा पनि चर्काउँदै लगेको आरोप छ ।
ओलम्पिक कमिटीको अध्यक्षमा हाल पूर्वमन्त्री जीवनराम श्रेष्ठ रहेका छन् । उनले नेतृत्व गरेको कमिटीलाई अबैध भन्दैआएको भनेपछि आधा दर्जन भन्दा बढी ओलम्पिकका मुद्दा उच्च अदालत पाटनमा बिचाराधीन छन् । श्रेष्ठ नेतृत्वको कमिटीलाई अन्तर्राष्ट्रिय ओलम्पिक कमिटीले मान्यता दिइसकेको छ ।
काठमाडौं । नेपाल सरकारले निजामती कर्मचारीको दरबन्दी कटौतीका नामामा जथाभावी गरेको छ । संगठन तथा व्यवस्थापन सर्वेक्षण (ओएण्डएम) गरेर बिभाग र मन्त्रालय गरी २...
नुवाकोट । बाढीले त्रिशुलीमाथिको पुल बगाएपछि त्रिशुलीपारीका स्वास्थ्य संस्थामा हैजाविरुद्धको खोप पुर्याउन स्थलमार्ग अवरुद्ध भएपछि ड्रोनमार्फत् खोप पठाइएको छ । २ देखि ८ डिग्री सेल्सियस...
काठमाडौं । बाढी प्रभावित रसुवाका बालबालिकालाई कुपोषणको जोखिमबाट जोगाउन स्वास्थ्य सेवा विभागले ३० हजार स्याचेट Ready-to-Use Therapeutic Food (RUTF) रसुवा पठाएको छ । बाढीका कारण...
सुयोग शर्मा भदौ १० गते रसुवामा बाढी आयो । स्वास्थ्यका सबै निकाय परिचालन भए तर एकीकृत र प्रभावकारी हुन सकेनन् । कतै स्वास्थ्य सामग्रीको अभाव...
ललितपुर । कारागारमा रहेका व्यक्तिको निर्देशनमा ठूलो लागूऔषध सञ्जाल सञ्चालन भइरहेको आशंकाबीच सशस्त्र प्रहरी बल नेपालको इन्टेलिजेन्स ब्यूरोले ललितपुरको च्यासलबाट १७ हजार ४ सय...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend