सिद्धी बेन र सस्मित पोखरेल
काठमाडौं । नेपालको खेलकुद क्षेत्रमा चरम राजनीतिकरण हुँदै आएको छ । खेलाडी उत्पादन गर्ने मूल स्रोतका रुपमा रहेका खेलकुद संघ र महासंघहरु कब्जा गर्ने होडबाजी पंचायतकालदेखि चल्दैआएको छ । पंचायतकालमा शरदचन्द्र शाहहरुले गर्दैआएको कब्जाको रणनीतिलाई सुशासनको चर्को वकालत गरी झन्डै दुईतिहाई बहुमत ल्याएको राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)ले पनि अनुशरण गर्न थालेको छ ।
रास्वपा नेतृत्वको सरकारका प्रधानमन्त्री वालेन्द्र शाहका प्रमुख सल्लाहकार दाजु कुमार बेन (ब्यञ्जनकार) को आडमा उनका दाजु सिद्धी ब्यञ्जनकारले पंचायतकालका शरदचन्द्र शाहकै शैलीमा खेलकुद क्षेत्रमा राजनीतिक हस्तक्षेप र कब्जा गर्ने अभियान सुरु गरेका छन् । खेलकुद क्षेत्रको मुख्य अंगको रुपमा रहेको फुटवलको बिकासका लागि सक्रिय अखिल नेपाल फुटवल संघ(एन्फा) रास्वपा सरकारको राजनीतिक हस्तक्षेपको शिकार भएको छ ।
सुशीला कार्की नेतृत्वको सरकारका युवा तथा खेलकुद मन्त्री बब्लु गुप्ताले पदबहाली गरेको भोलिपल्टदेखि नै अखिल नेपाल फुटवल संघ(एन्फा)को अर्ली इलेक्सनको बिषयलाई दिनहुँजसो मन्त्रालयमा छलफल चलाए । आाफू अनुकूल एन्फामा नेतृत्व नआउने देखिएपछि निर्वाचन रोक्नका लागि सबै हत्कण्डा अपनाए । मन्त्रालयका कर्मचारी र राष्ट्रिय खेलकुद परिषद(राखेप) को नेतृत्वको गर्नुसम्म दुरुपयोग एन्फालाई काम गर्न दिएनन् । मन्त्री र राखेपका दर्जनौैं निर्देशनलाई बेवास्ता गर्दै नियमअनुसार एन्फा नेतृत्व निर्वाचनको तालिका निकालेर अगाडि बढ्यो ।
गुप्ता मन्त्री पदबाट राजीनामा दिएर निर्वाचनमा उम्मेदवार भए । तर एन्फामाथिको हस्तक्षेप रोकिएन । बब्लुको बहिर्गमनपछि तत्कालीन प्रधानमन्त्री कार्की स्वयंले युवा तथा खेलकुद मन्त्रालय राखिन् । त्यसपछि पनि एन्फाको निर्वाचन रोक्न मन्त्रालय र परिषद लागिरहे । अन्तर्राष्ट्रिय फुटबल महासंघ(फिफा)को प्रतिनिधि निर्वाचन सम्पन्न गर्नका लागि काठमाडौं ओर्लिए । तर राखेप र मन्त्रालयले एकोहोरो निर्वाचन नरोके निलम्बनसम्म गर्ने चेतावनी दिएपछि पूर्वनिर्धारित निर्वाचन कार्यतालिका स्थगित गर्न बाध्य भयो । एन्फा कार्यालय नजाने भन्दै पदाधिकारीहरुले तालाचावी परिषदमा बुझाए ।
स्रोतका अनुसार फुटवलको विकासमा क्रियाशील एन्फामा भाँडभैलो मच्चाउने पर्दा पछाडिका डिजाइनर फुटबल खेलाडीसमेत रहेका प्रधानमन्त्री वालेन्द्र शाहका सल्लाहकार कुमार ब्यन्जनकार(बेन)का दाजु सिद्धी ब्यञ्जनकार नै थिए । सिद्धी आफैैं एन्फाको नेतृत्त्व हडप्ने र नसके आफू अनुकूलको नेतृत्व ल्याउने दाउमा छन् । उनको त्यही योजना अनुसार एन्फाले तय गरेको निर्वाचन कार्यतालिकालाई प्रभावित पार्न राष्ट्रिय खेलकुद परिषद(राखेप) र युवा तथा खेलकुल मन्त्रालय दुरुपयोग हुँदैआएका छन् ।
देशभर संजाल रहेको र फुटवलको बिकासका लागि सक्रिय रहेको एन्फाको सांगठनिक छविमा क्षति पुर्याउने र कब्जा गर्नकै लागि यो हदसम्म हत्कण्डाका साथ प्रधानमन्त्री वालेन्द्रकै सल्लाहकार कुमार बेन लागेका छन् ।
निर्वाचन स्थगित गर्नुपूर्व नै राष्ट्रिय खेलकुद परिषदको कार्यसमितिले एन्फा पदाधिकारीलाई ३ महिनाका लागि निलम्बन गरिसकेको छ । निर्वाचन स्थगित गरिएपछि निलम्बन फुकुवा गर्नुपर्नेमा आगामी निर्वाचनबाट आफू वा आफू अनुकूलको नेतृत्व आउने सुनिश्चित नभएसम्म सिद्धी ब्यञ्जनकारले निलम्बन फुकुवाको पत्र नदिन युवा तथा खेलकुद मन्त्रीको समेत जिम्मेवारी पाएका शिक्षामन्त्री सस्मित पोखरेललाई दबाब दिइरहेका छन् ।
मन्त्री पोखरेलका अघोषित खेलकुद सल्लाहकार समेत रहेका सिद्धीले दिनहुँजसो खेलकुदको बिषयमा चासो राखेर आफू अनुकूलको निर्देशन दिने काम गर्दैआएको मन्त्रालय स्रोतले नेपालफेसलाई बतायो । एन्फाको नेतृत्व निलम्बन गरेपछि हाल एन्फा कार्यालय बन्दजस्तै छ । फुटवल गतिबिधि ठप्प छन् । निलम्बन फुुकुवा गर्नुपर्ने र फुटवलको बिकासमा लाग्नुपर्ने मन्त्रालय र राखेप उल्टै सत्ताको दबाबसामु निरीह छन् ।
राष्ट्रिय खेलकुद परिषदको कार्यसमितिको यही हप्ता बसेको बैठकले एन्फा पदाधिकारीहरुको विदेश भ्रमणमा समेत रोक लगाउन खेलकुद मन्त्रालयबाट सिफारिस गरी गृुहमन्त्रालय हुँदै अध्यागमन बिभागमा पत्र पठाइसकिएको स्रोत बताउँछ । सिद्धीले एन्फामा मात्र होइन, खेलकुद क्षेत्रका अन्य संघ र महासंघहरुमा समेत बिशेष चासो राख्दै हस्तक्षेप गर्न सुरु गरिसकेका छन् । मन्त्रालय र राखेपको नेतृत्व निरीह भएको छ भने भूमिगत रुपमा अनधिकृत र अमूक ब्यक्तिले दिएको निर्देशन पालना गर्न राखेप बाध्य हुँदैआएको छ ।
विश्व फुटबल महासङ्घ (फिफा) र एसियाली फुटबल महासंघ (एएफसी) ले राष्ट्रिय खेलकुद परिषद् (राखेप) लाई पत्र लेख्दै अखिल नेपाल फुटबल संघ (एन्फा) लाई गरेको निलम्बन फिर्ता लिन आग्रह गरेका छन् । तर युवा तथा खेलकुद मन्त्रालय र राष्ट्रिय खेलकुद परिषदले फिफा र एएफसीको आग्रहलाई समेत अटेर गर्दैआएका छन् । बुधबार २२ अप्रिलमा फिफा र एएफसीले मन्त्रालय र राखेपलाई एन्फालाई निलम्बन फुकुवा गर्न आग्रह गर्दै पत्र लेखेका छन् । फिफा र एएफसीले एन्फाको स्वायत्ततामा हस्तक्षेत हुने भन्दै वैशाख २१ गते (मे ४) सम्म निलम्बन फिर्ताका लागि समयसीमा पनि तोकेको छ ।
यसैबीच, एन्फामा भाँडभैलो सृजना गरेको आरोपका बारेमा सिद्धी बज्राचार्यले आफूलाई केही थाहा नभएको भन्दै राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिवसँग सोध्न आग्रह गरेका छन् । प्रधानमन्त्री वालेन्द्र शाहका प्रमुख सल्लाहकार कुमार बेनको दाजु भएको स्वीकार गर्दै उनले एन्फाको निर्वाचनका बारेमा आफूलाई केही थाहा नभएको प्रतिक्रिया दिए । उनले भने–‘सदस्य सचिवलाई सोध्नुस्, मेरो एन्फामा कुनै हस्तक्षेप छैन ।’
तपाईं युवा तथा खेलकुद मन्त्रीसमेत रहेका सस्मित पोखरेलको अघोषित सल्लाहकार नै हो भन्ने छ नि भन्ने जिज्ञासामा उनले मेरो केही छैन मात्र भने ।
राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव रामचरित्र मेहतासँग प्रतिक्रियाका लागि प्रयास गर्दा उनी सम्पर्कमा आएनन् ।
राष्ट्रिय खेलकुद परिषदको अध्यक्ष युवा तथा खेलकुद मन्त्री र संरक्षक प्रधानमन्त्री रहने ब्यवस्था छ ।
काठमाडौं । प्रहरीले विवादास्पद व्यवसायी नवीनराज बस्नेतलाई पक्राउ गरेको छ । नेपाल प्रहरीमातहतको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) को टोलीले शुक्रबार राति भक्तपुरस्थित निवासबाट उनलाई...
काठमाडौं । सामाखुसीस्थित सिटी स्क्वायर मलमा सम्पत्ति शुद्धीकरण अनुसन्धान बिभागले शुक्रबार साँझ छापा मारेको छ । पूर्व प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरासँग जोडिएका इनाम सापकोटालाई पक्राउ गरेलगत्तै...
काठमाडौं । आयुर्वेद बिभागमा १ दशकभन्दा बढी समय आकर्षक महाशाखामा कार्यरत रही अवकाश पाएका डा. (कविराज) मुनकर्ण थापा सिंहदरबार बैद्यखाना विकास समितिको अध्यक्षमा नियुक्त...
काठमाडौं । राष्ट्रिय सतर्कता केन्द्रमा ५ महिनामा पाँचौं सचिवका रुपमा चक्रबहादुर बुढाले पद सम्हाल्दैछन् । तीन दिनअघि राष्ट्रिय सतर्कता केन्द्रको सचिवमा भूपाल बराललाई बुधबार...
काठमाडौं । मधेश प्रदेशको आपूर्ति केन्द्रबाट भएको स्वास्थ्य सामग्री खरिदको छानबिन गर्न मुख्यमन्त्री र स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव नै बाधक बनेका छन् । मधेश...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend