काठमाडौं । राष्ट्रिय खेलकुद परिषदका उपाध्यक्ष ध्रुव आचार्यलाई बर्खास्त गर्नका लागि पठाइएको प्रस्ताव मन्त्रिपरिषदमै अड्किएको छ ।
युवा तथा खेलकुद मन्त्रालयले गत आइतबार उनलाई बर्खास्त गर्नका लागि मन्त्रिपरिषदमा प्रस्ताव दर्ता गराएको थियो । सोमबार ५ बजे बसेको मन्त्रिपरिषदको बैठकबाट उक्त प्रस्ताव अनुमोदन हुने अपेक्षा गरिएको थियो ।
युवा तथा खेलकुद मन्त्री बब्लु गुप्ताको समेत उपस्थिति रहेको सो बैठकमा मुख्यसचिव सुमनराज अर्यालले आचार्यलाई स्पष्टीकरणको मौका दिनुपर्ने धारणा राखेपछि निर्णय हुन नसकेको बताइन्छ ।
प्रधानमन्त्री सुशीला कार्कीमातहत रहेको राष्ट्रिय सतर्कता केन्द्रले उनको नियुक्ति गर्दा पेश गरिएको योग्यताका बारेमा परेको उजुरीमा छानबिन गरी कानुन बमोजिम नियुक्ति गर्न निर्देशन दिएपछि मन्त्रालयले आचार्यलाई राजीनामा दिनसमेत आग्रह गरेको थियो । खेलकुद मन्त्रालयका सचिव डा. हरि लम्सालले उनलाई सतर्कताको निर्देशनको हवाला दिएर राजीनामा दिन आग्रह गर्दा उनले अस्वीकार गरेका थिए । यतिसम्म कि मुख्यसचिव सुमनराज अर्यालले समेत उनलाईं राजीनामा दिएर मार्गप्रशस्त गर्न अनुरोध गर्दासमेत उनले अटेर गरेपछि खेलकुद मन्त्रालयले पदमुक्त गर्नका लागि मन्त्रिपरिषदमा प्रस्ताव दर्ता गराएको हो ।
आचार्यले आफूलाई दसौं खेलकुद प्रतियोगिता सम्पन्न हुुन्जेलसम्म पदमुक्त नगर्नका लागि सम्पर्क सूत्रहरुमार्फत् सचिव र मुख्यसचिवलाई सन्देश पठाए पनि उनको कुरा सुनुवाइ नगरी बर्खास्त गर्ने प्रक्रिया अगाडि बढाइसकिएको छ ।
मंगलबार संचार मन्त्री जगदिश खरेलले सार्वजनिक गरेका सोमबारका मन्त्रिपरिषदका २६ वटा निर्णयमा खेलकुद परिषदको बिषय उल्लेख छैन । जसले गर्दा संशय उत्पन्न भएको छ । उनको निर्णय होल्डमा राखिएको हो वा मन्त्रालयमा बिनानिर्णय फर्काइएको हो, सो बारेमा अझै पनि अन्यौल कायम छ ।
यसैबीच, युवा तथा खेलकुद मन्त्रालयले धु्रव आचार्य अध्यक्ष रहेको मदन भण्डारी स्पोटर्स एकेडेमीको २ करोड रकमको खर्चका बिषयमा छानबिन गर्नका लागि समिति बनाएको छ ।
राखेपको बजेटमार्फत् बिनियोजन भएको उक्त रकम आचार्यले जथाभावी खर्च गरी बिल भर्पाई पेश गरेकोे, आफ्नै हात जगन्नाथ भन्ने उखान चरितार्थ गर्दै राखेप मार्फत् आफैं अध्यक्ष रहेको एकेडेमीमा बजेट छुट्याएर जथाभावी खर्च गरेको भन्दै राष्ट्रिय सतर्कता केन्द्रमा उनका बिरुद्ध अर्को उजुरी परेको थियो ।
उक्त उजुरीको छानबिन गरी सतर्कताले मन्त्रालयलाई आवश्यक अध्ययन गरी प्रतिवेदन पेश गर्न निर्देशन दिएको छ । खेलकुद मन्त्री बब्लु गुप्ताले उक्त निर्देशन बमोजिम अध्ययन कार्यदल बनाएको र उक्त कार्यदलले काम सुरु गरिसकेको छ ।
काठमाडौँ। राष्ट्रपति रामचन्द्र पौडेलले भोटेकोसी बाढीप्रभावितहरूको पुनर्स्थापना र पूर्वाधार पुनर्निर्माणबारे चासो व्यक्त गरेका छन्। बुधबार उनले परराष्ट्रमन्त्री शिशिर खनाल र पूर्वाधार विकास मन्त्री सुनिल लम्सालसँग...
काठमाडौं । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टीको आधिकारिकतासम्बन्धी मुद्दा पुनरावलोकनका लागि सर्वोच्च अदालतले दिएको अनुमतिबाटै आधाभन्दा बढी विजय भइसकेको दाबी गरेका छन् । कांग्रेस...
काठमाडौँ । सर्वोच्च अदालतले सार्वजनिक पदाधिकारीहरूले शिष्टाचार भेटघाट तथा विदेश भ्रमणका क्रममा प्राप्त गरेका उपहार राज्यकोषमा दाखिला गर्न सरकारका नाममा निर्देशनात्मक आदेश जारी गरेको...
काठमाडौँ । प्रतिनिधि सभामा ‘नेपाल कानुन आयोग (पहिलो संशोधन) विधेयक, २०८३’ प्रस्तुत भएको छ । सभाको आजको बैठकमा कानुन न्याय तथा संसदीय मामिलामन्त्री सोविता...
काठमाडौं । रास्वपाका सभापति रवि लामिछानेले पार्टी पंक्तिलाई नागरिकको आक्रोशलाई लक्षित गरेर सामाजिक सञ्जाल वा चोकचौतारोमा तुच्छ टीकाटिप्पणी नगर्न संसदबाट निर्देशन दिएका छन् । उनले...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend