तेजुलाल चौधरी, टंकलाल घिसिङ र ध्रुव आचार्य
काठमाडौं । राष्ट्रिय खेलकुद परिषदको बैठकमा उपाध्यक्ष ध्रुव आचार्यले दसौं राष्ट्रिय खेलकुद प्रतियोगिता स्थगित गर्न राखेको मागमा युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरीले साथ दिएका छन् ।
शुक्रबार दिउँसो मन्त्रालयको सभाहलमा बसेको बैठकको सुरुमै राखेप उपाध्यक्ष आचार्यले तोकिएको समयमा कुनै पनि हालतमा प्रतियोगिता आयोजना गर्न नसकिने जिकिर गर्दै स्थगित गर्ने प्रस्ताव राखेका थिए । त्यसमा मन्त्री चौधरीले उपाध्यक्षको प्रस्ताव सही भएको भन्दै प्रतियोगिता स्थगित गर्ने निर्णय गर्नुपर्ने तर्क राखेपछि बैठकमा सन्नाटा छाएको थियो ।
प्रतियोगिताको तयारीको बारेमा ब्रिफिङ लिन र बाँकी कामका लागि निर्देशन दिने हेतुले राखिएको बैठकमा एकाएक प्रतियोगिता स्थगित गर्ने मन्त्री चौधरी र उपाध्यक्ष आचार्यको प्रस्ताव सुनेपछि राखेपका ६ बोर्ड सदस्यले नोट अफ डिसेन्ट राखेका छन् ।
६० करोड बजेट बिनियोजन गरिएको दसौं राष्ट्रिय खेलकुद प्रतियोगिताको हालसम्म भएको तयारीका सन्दर्भमा सदस्यसचिव टंकलाल घिसिङले सबै बिबरण प्रस्तुत गरेका थिए । बैठकमा सहभागी एक बोर्ड सदस्यका अनुसार सदस्य सचिवले तोकिएको समयमा प्रतियोगिता संचालन गर्न सकिने पर्याप्त आधारहरु प्रस्तुत गरेका थिए । तर मन्त्री र उपाध्यक्ष नै स्थगित गर्न अघि सरेपछि गण्डकी प्रदेश खेलकुद परिषदका सदस्य सचिवले आपत्ति जनाएका थिए । उनको भनाइ थियो, प्रतियोगिता संचालनका लागि प्रदेशले खेलाडीहरुलाई ठूलो लगानी गरी तयार गरिसकेको अवस्थामा संस्थागत बिधिबाट नआएको प्रस्तावलाई स्वीकार गर्न नहुने जिकिर गरेका थिए ।
बैठकमा बोल्ने अधिकांश बोर्ड सदस्य र प्रदेश खेलकुदका पदाधिकारीले प्रतियोगिता स्थगित गर्नु नहुने मत राखेका थिए । तर एमालेबाट राखेपमा प्रतिनिधित्व गर्ने बोर्ड सदस्यद्वय सुवर्ण श्रेष्ठ र जगतसिंह धामीले भने उपाध्यक्ष आचार्यलाई साथ दिएका थिए । बैठकमा प्रतियोगिता स्थगित गर्ने मन्त्री र उपाध्यक्षको प्रस्ताव भए पनि निर्णयमा हस्ताक्षर भइसकेको छैन ।
दसौं राष्ट्रिय खेलकुद प्रतियोगिता रोक्नका लागि गएको एक सातादेखि नै एमालेको मदन भण्डारी स्पोर्टस् एकेडेमीका अध्यक्ष रहेका राखेपका उपाध्यक्ष आचार्यले पार्टीबाट प्रतिनिधित्व गर्ने बोर्ड सदस्यहरुसहितलाई प्रधानमन्त्री केपी शर्मा ओली र मन्त्री तेजुलाल चौधरीलाई पटक पटक भेटी सहमत गराइसकेका थिए । वर्तमान सदस्यसचिव घिसिङको कार्यकालमा दसौं राष्ट्रिय खेलकुद प्रतियोगिता गर्दा उनले जस पाउने भएकाले उनी पदमा रहुन्जेल प्रतियोगिता हुन नदिने रणनीतिमा आचार्यको टोली छ ।
घिसिङको कार्यकाल आगामी २०८२ मंसिरमा सकिने भएकाले त्यसपछि मात्र प्रतियोगिता गर्नुपर्ने आचार्यको लबिङमा मन्त्री चौधरीले पनि साथ दिएका छन् । घिसिङलाई बिस्थापन गरी आफू वा एमालेबाट कसैलाई सदस्यसचिव बनाएर मात्र प्रतियोगिता गर्ने दाउमा आचार्यहरु छन् । यसअघि २ पटक स्थगित भएको प्रतियोगिता फेरि पनि रोकियो भने सयौं खेलाडीहरु परिषदमा धर्ना दिने तयारीमा छन् ।
परिषदको शुक्रबारको बैठकले अदालतमा मुद्दा चलिरहेकासहित ७ वटा खेल संघहरुमा तदर्थ समिति गठन गरेको छ । संघका तदर्थ समितिका पदाधिकारीको नाम मन्त्री चौधरीले पढेर सुनाएका थिए ।
काठमाडौं । नेपाल सरकारले निजामती कर्मचारीको दरबन्दी कटौतीका नामामा जथाभावी गरेको छ । संगठन तथा व्यवस्थापन सर्वेक्षण (ओएण्डएम) गरेर बिभाग र मन्त्रालय गरी २...
नुवाकोट । बाढीले त्रिशुलीमाथिको पुल बगाएपछि त्रिशुलीपारीका स्वास्थ्य संस्थामा हैजाविरुद्धको खोप पुर्याउन स्थलमार्ग अवरुद्ध भएपछि ड्रोनमार्फत् खोप पठाइएको छ । २ देखि ८ डिग्री सेल्सियस...
काठमाडौं । बाढी प्रभावित रसुवाका बालबालिकालाई कुपोषणको जोखिमबाट जोगाउन स्वास्थ्य सेवा विभागले ३० हजार स्याचेट Ready-to-Use Therapeutic Food (RUTF) रसुवा पठाएको छ । बाढीका कारण...
सुयोग शर्मा भदौ १० गते रसुवामा बाढी आयो । स्वास्थ्यका सबै निकाय परिचालन भए तर एकीकृत र प्रभावकारी हुन सकेनन् । कतै स्वास्थ्य सामग्रीको अभाव...
ललितपुर । कारागारमा रहेका व्यक्तिको निर्देशनमा ठूलो लागूऔषध सञ्जाल सञ्चालन भइरहेको आशंकाबीच सशस्त्र प्रहरी बल नेपालको इन्टेलिजेन्स ब्यूरोले ललितपुरको च्यासलबाट १७ हजार ४ सय...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend