काठमाडौँ । नेपाल प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा लामो समयदेखि कार्यरत ५४ प्रहरी कर्मचारीलाई सरुवा गरेको छ ।
विमानस्थलमा केही जुनियर अधिकृत लामो समयदेखि काजमा कार्यरत रहेको र उनीहरुकै कारण सुन तस्करीदेखि बिभिन्न काण्ड घट्ने गरेको समाचार नेपालफेस डटकमले बुधबार बिहान उजागर गरेको थियो ।
नेपालफेसले १० बर्षदेखि काजमा कार्यरत केही प्रहरीको नामसमेत उल्लेख गरी समाचार प्रकाशित गरेपछि नेपाल उपत्यका प्रहरी कार्यालय, रानीपोखरीले उनीहरुलाई बुधबार दिउँसो एकसाथ हटाउने निर्णय गरेको छ ।
५ वर्षदेखि १६ वर्षसम्म विमानस्थलमै बसेका प्रहरी कर्मचारीलाई त्यहाँबाट अन्यत्र सरुवा गरिएको उपत्यका प्रहरी कार्यालयले जनाएको छ । लामो समयदेखि कार्यरत प्रहरीलाई हटाएर उनीहरुको ठाउँमा नयाँ टिम परिचालन गरिएको उपत्यका प्रहरी कार्यालयले जनाएको छ ।
काठमाडौं । बाढी प्रभावित रसुवाका बालबालिकालाई कुपोषणको जोखिमबाट जोगाउन स्वास्थ्य सेवा विभागले ३० हजार स्याचेट Ready-to-Use Therapeutic Food (RUTF) रसुवा पठाएको छ । बाढीका कारण...
सुयोग शर्मा भदौ १० गते रसुवामा बाढी आयो । स्वास्थ्यका सबै निकाय परिचालन भए तर एकीकृत र प्रभावकारी हुन सकेनन् । कतै स्वास्थ्य सामग्रीको अभाव...
ललितपुर । कारागारमा रहेका व्यक्तिको निर्देशनमा ठूलो लागूऔषध सञ्जाल सञ्चालन भइरहेको आशंकाबीच सशस्त्र प्रहरी बल नेपालको इन्टेलिजेन्स ब्यूरोले ललितपुरको च्यासलबाट १७ हजार ४ सय...
काठमाडौं । देशको राजधानी काठमाडौंको टेकूमा रहेको केन्द्रीय जनस्वास्थ्य प्रयोगशाला(सेन्टर ल्याब) को ब्यवस्थापन प्रभावकारी नहुँदा आम नागरिकले दिनहुँ सास्ती ब्यहोर्नुपरेको छ । भरपर्दो र विश्वसनीयका...
काठमाडौं । नेपालमा जापानिज इन्सेफ्लाइटिस (जेई) संक्रमण र यसबाट हुने मृत्युको अवस्था गम्भीर बन्दै गएपछि स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताले उच्च जोखिममा...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend