काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका सांसद गोकुल बाँस्कोटाले विवादित तीन मन्त्रीहरुले राजीनामा नदिए बर्खास्त गर्नुपर्ने टिप्पणी गरेका छन् ।
आजको प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद बाँस्कोटाले भौतिक पूर्वाधान मन्त्री प्रकाश ज्वाला, स्वास्थ्य मन्त्री मोहनबहादुर बस्नेत र पर्यटन मन्त्री सुदन किरातीलाई पदमा बस्ने नैतिक अधिकार नभएको दोहोर्याएका हुन् ।
सांसद बाँस्कोटाले बालकुमारी घटनाको छानबिन आयोगले बुझाएको प्रतिवेदन सार्वजनिक गर्नुपर्ने अडान कामयै राखे ।
सांसद बाँस्कोटाले भने, ‘प्रतिपक्षलाई दोष देखाएर गठबन्धनको झण्डा हल्याएर मुलुकमा सुशासन आउछ ? सभामुखबाट स्पष्ट रुलिङ चाहिन्छ। हाम्रो आन्दोलन जारी छ । अब कुराको सुन्दरता होइन । व्यवहारको प्रष्टता चाहियो । एक्सन चाहियो। उहाँले ती मन्त्रीलाई हटाउनुपर्छ । सरकार नाजवाफ बस्न मिल्दैन ।’
उनले बालकुमारी घटनामा उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठको नैतिक जिम्मेवारी भएको जिकिर गरे।
विवादित मन्त्री हटाउने विषयमा एमालेले आजसम्मको अल्टिमेटम दिएको थियो। राजीनामा नदिए प्रधानमन्त्रीले बर्खास्ता गर्नुपर्ने भन्दै जवाफ माग गरे ।
काठमाडौँ । प्रधानमन्त्री राहत कोषमा करिब १२ अर्ब जम्मा भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार मंगलबार बिहान ९:०० बजेसम्म प्रधानमन्त्री दैवी प्रकोप उद्धार...
काठमाडौं । गृहमन्त्री सुधन गुरुङ जेन्जी आन्दोलनलाई अपमान नगर्न चेतावनी दिएका छन्। जेन्जी शहीद स्मृति दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै जेन्जी आन्दोलनलाई अपमान...
काठमाडौँ । सुशासन, रोजगार र अवसरको खोजीसँगै युवा पुस्ताको संघर्षले भएको जेन जेड आन्दोलनको एक वर्ष पूरा भएको छ । स्वदेशमै रोजगारको सिर्जना गर्ने...
काठमाडौँ। नेपाली कांग्रेसको १५औं महाधिवेशनका लागि राष्ट्रिय सभा गृहको हल, लबी, पार्किङ स्थल र बगैंचा बुकिङ गरिएको छ। मंगलबार कांग्रेसका कार्यवाहक मुख्य सचिव कृष्णप्रसाद दुलालले...
काठमाडौं । सत्तारुढ दल रास्वपाका सभापति रवि लामिछानेले एक वर्षअघि भएको जेनजी आन्दोलनलाई नयाँ जागरण विस्फोटको रुपमा उल्लेख गरेका छन्। जेनजी शहीद दिवसको अवसरमा वक्तव्य...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend