काठमाडौँ । आज साताको पहिलो कारोबार दिन आइतबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक २७.२१ अंकले घटेर बन्द भएको छ । कारोबार अवधिदेखि नै घट्न सुरु गरेको नेप्से परिसूचक अन्तिम समयसम्ममा १.३१ प्रतिशत घटेर बन्द भएको हो । यससँगै २०६० अंकबाट सुरु परिसूचक २०३४ अंकमा आएर रोकिएको छ ।
यसक्रममा आज २१ वटा कम्पनीको सेयर मूल्य मात्रै बढेका छन् । यसबाहेक २२५ वटा कम्पनीको सेयर मूल्य घट्दा २ कम्पनीको मूल्य भने स्थिर कायम छ । परिसूचक दोहोरो अंकले घटेको दिन आज ३ अर्ब ७७ करोड ५४ लाख रुपैयाँ बराबरको १ करोड ७ लाख ७२ हजार कित्ता सेयर खरिद बिक्री भएको छ ।
परिसूचक घटे पनि आज बोटलर्स नेपाल (बालाजु) को सेयर मूल्य १० प्रतिशतले बढेको छ । १० प्रतिशतले बढेसँगै ९३१ रुपैयाँले बढेर कम्पनीको सेयर मूल्य १० हजार २४२ रुपैयाँ पुगेको छ । यसपछि, सामाज लघुवित्त वित्तीय संस्थाको सेयर मूल्यमा समेत १० प्रतिशतको वृद्धि आएको छ । आज सामलिङ पावर कम्पनी लिमिटेडको सेयर मूल्य भने ८.२१ प्रतिशतले घटेको छ ।
त्यस्तै उच्च अंकले परिसूचक घटेको दिन आज सबैजसो समूहमा गिरावट आएको छ । सबैभन्दा धेरै निर्जीवन बीमा कम्पनी समूह सूचक २०६ अंकले घटेको छ ।
यस्तै, जीवन बीमा समूहको सूचक १३९ अंकले घटेको छ भने विकास बैंक समूहको सूचक ६९ अंकले घटेको छ । यसअघि, गत साताको बिहीबार परिसूचकमा १४ अंकले घटेको थियो ।
काठमाडौं । नेपाली बजारमा आज मंगलबार सुनको भाउ तोलामा ३ हजार ५ सय रुपैयाँ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले यस दिनका लागि सुनको...
काठमाडौं । सिङ्गो देश प्राकृतिक विपत्तिको मारमा परेको बेलामा खाना पकाउने एलपी ग्याँसमा सरकारले मूल्यबृद्धि गरेको छ । विगत २ महिनादेखि ग्याँस सहज आपूर्ति...
काठमाडौं । नेपाली बजारमा पछिल्लो समय निरन्तर बढेर उच्च मूल्य तिर लागेको सुनको भाउ ओरालो लाग्न थालेको छ। सोमबार सुनको मूल्य प्रतितोला २ हजार...
काठमाडौं। प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ३६ घण्टा अवधिमा एक अर्ब ९१ करोड रुपैयाँभन्दा बढी सहयोग रकम संकलन भएको छ। अर्थ मन्त्रालयलाई प्राप्त विवरणअनुसार बुधबार...
काठमाडौँ। बाढी तथा पहिरोबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनर्स्थापनाका लागि एक्स्ट्रिम इनर्जी ड्रिङ्क्सले घोषणा गरेको १ करोड सहयोग आज नेपाल सरकारका अर्थमन्त्रीलाई हस्तान्तरण...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend