काठमाडौं । आज साताको पहिलो करोबार दिन आइतबार धितोपत्र दोस्रो बजार मापक नेप्से परिसूचक २६.८१ अंकले घटेर बन्द भएको छ । यसदिन नेप्से १.३३ प्रतिशतले घटेर १९७९.०२ विन्दुमा बन्द भएको हो ।
यस दिन तीन अर्ब आठ करोड ६९ लाख रुपैयाँको धितोपत्र खरिद–बिक्री भयो । कारोबारमा आएका मध्ये ३८ कम्पनीको सेयर मूल्य बढ्यो । २०६ कम्पनीको सेयर मूल्य घट्यो । चार कम्पनीको सेयर मूल्य स्थिर छ ।
१३ मध्ये उत्पादन तथा प्रशोधन र फाइनान्स समूहको परिसूचक वृद्धि भएको छ । फाइनान्स समूहको परिसूचक १.४ प्रतिशत र उत्पादन तथा प्रशोधन समूहको परिसूचक ०.८० प्रतिशतले वृद्धि भएको छ ।
सर्वाधिक परिसूचक घट्नेमा हाइड्रोपावर समूह छ । यो समूहको परिसूचक २.४२ प्रतिशतले घटेको नेपाल स्टक एक्सचेन्जले जनाएको छ ।
समाज लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य आज पनि १० प्रतिशतले नै बढेको छ । यो कम्पनीको सेयर मूल्य प्रत्येक दिन १० प्रतिशतले वृद्धि हुँदै आएको छ ।
काठमाडौं । शुक्रबार एकैदिन सुनको भाउ तोलामा ५ हजार ८ सय रुपैयाँ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले यस दिनका लागि सुनको भाउ प्रतितोला...
काठमाडौं। नेपाली बजारमा सुन र चाँदी दुवैको मूल्यमा वृद्धि भएको छ। बुधबार सुन प्रतितोला ५ हजार ४०० र चाँदी प्रतितोला ११० रुपैयाँले बढेको हो। नेपाल...
काठमाडौं। सरकारले अब हरेक दिन कर प्रणालीमा आबद्ध नागरिकलाई लखपति बनाउँदै छ। मूल्य अभिवृद्धि कर ९भ्याट० र स्थायी लेखा नम्बर (प्यान) मा आबद्ध भएका...
काठमाडौँ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आर्थिक वर्ष २०८३/८४ को बजेट कार्यान्वयनका लागि छलफल सुरु गरेका छन् । भर्खरै अर्थ मन्त्रालयको सुवर्ण हलमा बजेट...
काठमाडौं । नेपाल आयल निगमले उपभोक्ताहरुलाई भरी सिलिन्डर ग्याँस उपलब्ध गराउने भएको छ । अमेरिका–इरान तनावपछि निगमले २०८२ फागुन २९ गतेदेखि आधा सिलिन्डर (७.१...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend