काठमाडौँ। प्रमुख प्रतिपक्षी नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले गठबन्धन सरकारका कारण मुलुक बहुआयामिक संकटतिर धकेलिँदै गएको टिप्पणी गरेका छन्।
प्रेस चौतारी चितवनले भरतपुरमा गरेको पत्रकार भेटघाट कार्यक्रममा ज्ञवालीले सरकार ‘मल्टिपल अर्गान फेलियर’ हुन लागेको मान्छे जस्तो अवस्थामा पुगिसकेको बताए।
‘मेडिकल ट्रममा एउटा अवस्थालाई मल्टिपल अर्गान फेलियर भनिँदो रहेछ। राउटा रोग लागेर मान्छे अस्पताल भर्ना हुन्छ, त्यसको उपचार गर्दागर्दै अर्कोतिर, फेरि अर्कोतिर हुँदै सबै अंगले काम गर्न छोडेर मान्छे मृत्युको मुखतिर धकेलिन्छ। यतिबेला मुलुकको अवस्था झण्डै झण्डै मल्टिपल अर्गान फेलियरको दिशातिर गएको छ,’ उनले भने।
ज्ञवालीले देशको बाह्य सम्बन्धहरु असाध्यै नराम्रोसँग बिग्रिएको, अर्थतन्त्र विकराल अवस्थाबाट गुज्रिरहेको, भ्रष्ट्राचार बढेको, समाजमा नैराश्यता बढेको, युवा पलायन बढेको, देश बन्दैन भन्ने भाष्य र नकरात्मक मनोविज्ञान बढेको बताए।
‘नेपालको स्वतन्त्र, असंलग्न, सन्तुलित नीतिमाथि गम्भीर बिचलनहरु उत्पन्न भएका छन्। सत्ता टिकाउनका निम्ति जस्तोसुकै शक्तिहरु, पक्षहरुसँग पनि सौदाबाजी गर्ने सरकारको नीतिले गर्दा हाम्रो बाह्य सम्बन्ध र राष्ट्रहितमाथि आघात पुगेको छ,’ पूर्वपरराष्ट्र मन्त्री ज्ञवालीले भने।
उनले दस हजार मेगावाट विद्युत् बिक्री गर्ने नाममा मेचीदेखि महाकालीसम्मका ठूला नदीहरु भारतलाई होल्ड गर्न दिन लागिएको, भारतीय दुतावासले गर्नसक्ने लगानी बढाएर स्थानीय तहलाई आफ्नो देशमाभन्दा बढी अर्को देशमा निर्भर हुने अवस्था सिर्जना गर्न खोजिएको बताए।
‘आन्तरिक राजश्वले सरकारको दैनिक खर्च पनि धान्ने अवस्था छैन। तर यसमा सुधार ल्याउन सरकारको ध्यान छैन। बरु गठबन्धन राज्यको सम्पत्ती दोहन गर्न लागेको छ। विकास निर्माण ठप्प छ। प्रधानमन्त्री, मन्त्री स्वयम् सामाजिक सम्बन्धहरु, धार्मिक सद्भाव खलबलाउन लागिपरेका छन्,’ ज्ञवालीले भने, ‘गठबन्धन सरकारको विरुद्ध हस्तक्षेप गर्न एमालेले सातै प्रदेशबाट आन्दोलन सुरु गर्दैछ।’
उनले सरकार देशको लागि बोझ भइसकेको बताए। तर पनि तत्कालै सरकार ढाल्नसक्ने अवस्था भने नभएको उनी बताउँछन्।
‘
काठमाडौँ । प्रधानमन्त्री राहत कोषमा करिब १२ अर्ब जम्मा भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार मंगलबार बिहान ९:०० बजेसम्म प्रधानमन्त्री दैवी प्रकोप उद्धार...
काठमाडौं । गृहमन्त्री सुधन गुरुङ जेन्जी आन्दोलनलाई अपमान नगर्न चेतावनी दिएका छन्। जेन्जी शहीद स्मृति दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै जेन्जी आन्दोलनलाई अपमान...
काठमाडौँ । सुशासन, रोजगार र अवसरको खोजीसँगै युवा पुस्ताको संघर्षले भएको जेन जेड आन्दोलनको एक वर्ष पूरा भएको छ । स्वदेशमै रोजगारको सिर्जना गर्ने...
काठमाडौँ। नेपाली कांग्रेसको १५औं महाधिवेशनका लागि राष्ट्रिय सभा गृहको हल, लबी, पार्किङ स्थल र बगैंचा बुकिङ गरिएको छ। मंगलबार कांग्रेसका कार्यवाहक मुख्य सचिव कृष्णप्रसाद दुलालले...
काठमाडौं । सत्तारुढ दल रास्वपाका सभापति रवि लामिछानेले एक वर्षअघि भएको जेनजी आन्दोलनलाई नयाँ जागरण विस्फोटको रुपमा उल्लेख गरेका छन्। जेनजी शहीद दिवसको अवसरमा वक्तव्य...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend