Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • एमाले ‘उमेदवार’ अर्जुनसिंह राजपूतको नाम मतदाता नामावलीमा नभेटिएपछि…


    सोमबार, पुष २३ २०८०
    1.3K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)ले आसन्न राष्ट्रियसभा सदस्य निर्वाचनका निम्ति मधेस प्रदेशको अन्य समूहतर्फ उमेदवार बनाउन लागेका अर्जुनसिंह राजपूतको नाम मतदाता नामावलीमा नभेटिएपछि उनी त्यसै फर्किएका छन् ।

    सोमबार उमेदवारी मनोनयनका निम्ति जनकपुरधामस्थित प्रदेश निर्वाचन कार्यालयमा पुगेका राजपूतको नामावली ‘लिस्ट’मा नभेटिएको एमाले मधेस प्रदेशका सचिव मनोज पौडेलले जानकारी दिए ।

    उनका अनुसार, अब सो पदमा विजेता झालाई उमेदवार बनाइनेछ । झाको उमेदवारी दर्ता प्रक्रियामा रहेको पौडेलले बताए । “अहिले उमेदवारी दर्ताको प्रक्रियमा छौँ,” उनले भने ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार