काठमाडौँ । रिक्त रहेको १९ सिटका लागि आगामी माघ ११ गरे हुने राष्ट्रिय सभा निर्वाचनका लागि प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले कोशीमा उम्मेदवारी दर्ता गरेको छ।
एमालेले कोशीको अन्य क्लस्टरमा भोजपुरका परशुराम अधिकारी र महिला क्लस्टरमा सुनसरीकी रुक्मिणी कोइरालाको उम्मेदवारी दर्ता गराएको हो।
अधिकारीको प्रस्तावकमा प्रदेश सांसद सिर्जना राई र समर्थकमा जयप्रकाश चौधरी छन्। कोइरालाको प्रस्तावकमा रामप्रसाद महतो र समर्थकमा शिला दिक्षीत कार्की छन्।
भोजपुरका अधिकारी पूर्वमाओवादी हुन्। नेकपा विभाजनपछि एमालेमै बसेका अधिकारी अहिले केन्द्रीय सदस्य छन्। कोइराला सुनसरीकी पुराना नेता हुन्।
राष्ट्रिय सभाका लागि कोशीमा दुई सिटमा निर्वाचन हुँदैछ। नेपाली कांग्रेसका रमेशजंग रायमाझी र महिलातर्फ नेकपा माओवादीकी बिना पोखरेलको पदावधि सकिने भएपछि निर्वाचन हुन लागेको हो।
सत्ता गठबन्धनका तर्फबाट अन्यमा कांग्रेसका कृष्णप्रसाद सिटौला र महिलातर्फ माओवादीकी चम्पादेवी कार्कीले उम्मेदवारी दर्ता गराएका छन्।
काठमाडौँ । मधेस प्रदेशमा नयाँ सत्ता समीकरण निर्माणको प्रक्रिया अघि बढेसँगै नेपाली कम्युनिस्ट पार्टी (नेकपा) मधेस प्रदेश सरकारबाट बाहिरिएको छ । नेकपा संसदीय दलको भर्चुअल...
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले पार्टीका नेताकार्यकर्ताहरूले वडाध्यक्षमा उम्मेदवार बन्न रुचि नदेखाएको भन्दै कटाक्ष गरेका छन्। चितवन पुगेका सभापति लामिछानेले...
काठमाडौं । निवर्तमान प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले पेश गरेको रिटमा यहि कात्तिक ३० गतेका लागि पेशी तोकिएको छ । आफूलाई गैरकानूनी रूपमा प्रहरी महानिरीक्षकबाट हटाइएको...
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलसँग सभामुख डोलप्रसाद अर्यालले भेट गरेका छन् । राष्ट्रपतिको सचिवालयका अनुसार शीतल निवासमा आज भएको भेटमा समसामयिक विषयमा कुराकानी भएको...
काठमाडौं । राष्ट्रिय विपद् जोखिम न्युनिकरण तथा व्यवस्थापन प्राधिकरणले विपद् प्रभावित परिवारका लागि घोषणा गरिएको १५ हजार रुपैयाँको जीविकोपार्जन तथा रेन्टल राहत तिहारलगत्तै वितरण...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend