Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • भारतले सोझै २० करोड दिने सम्झौता रद्द गर्न युवा संघको चेतावनी


    शुक्रबार, पुष २० २०८०
    1.7K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । युवा संघ नेपालले नेपाल–भारत परराष्ट्रमन्त्रीस्तरीय ‘उच्च प्रभावयुक्त सामुदायिक विकास योजना’ कार्यक्रम अन्तर्गत सोझै भारत सरकारले २० करोड दिने सम्झौता रद्द गर्न चेतावनी दिएको छ । युवा संघ नेपालका संयोजक कृष्णकुमार विश्वकर्माले आज विज्ञप्ति जारी गर्दै स्वाभिमानी, देशभक्त र स्वाधीन नागरिकहरूले उक्त सम्झौता स्वीकार गर्न नसक्ने बताएका हुन् ।

    ‘भूगोल, जनसङ्ख्या र सामर्थ्यमा सानो हौंला तर स्वाधीनताको सवालमा हामी सधैँ स्वतन्त्र थियौँ र रहन चाहन्छौँ । तसर्थ उक्त सहयोगको नाममा हाम्रो आन्तरिक मामिलामा माथिको यो किसिमको हस्तक्षेप अस्वीकार्य त छँदै छ के कारणले यो सरकार यस्तो सम्झौता गर्न बाध्य भयो जनता सामु छर्लङ्ग पार्न आग्रह गर्दछौँ’, विज्ञप्तिमा उल्लेख छ ।

    उक्त सम्झौतालाई राष्ट्रघाती भन्दै युवा संघले अविलम्ब रद्द गरी जनतासामु आत्म आलोचित बन्न नेपाल सरकारलाई सुझाव दिएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार