काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) निकटको युवा संघ नेपालले रक्तदान गरेको छ । पार्टीको केन्द्रीय कार्यालयमा आज रक्तदान कार्यक्रम सम्पन्न भएको हो ।
जाजरकोट केन्द्रविन्दु भएर भूकम्प गएपछि घाईते भई उपचार गराईरहेका घाईतेलाई उपचारमा सहयोग होस् भन्ने उदेश्य रक्तदान गरिएको हो ।
युवा संघका संयोजक कृष्ण विश्वकर्माको अध्यक्षतामा भएको रक्तदान कार्यक्रममा ५० जनाले रक्तदान गरेका छन् । भूकम्पमा परी घाईते भएका व्यक्तिहरु उपचारमा रहेको र उनीहरुलाई रक्तको आवश्यक्ता परेकाले रक्तदान कार्यक्रम गरिएको युवा संघका संयोजक विश्वकर्माले जनाएका छन् ।
यसैगरी युवा संघले नेपालगंज र सुर्खेतमा समेत रक्तदान गर्ने कार्यक्रम रहेको छ । युवा संघ केन्द्रीय कार्यालयको बैठकले भूकम्प पीडितको उद्धार, राहतका साथै उनीहरुको व्यवस्थापनमा युवाहरुलाई परिचालन गर्ने निर्णय गरेको थियो ।
सोही निर्णय अनुसार काठमाडौंमा रक्तदान गरिएको र अब नेपालगंज तथा सुर्खेतमा समेत रक्तदान गरिने कार्यक्रम रहेको युवा संघका प्रवक्ता सन्जिप राईले बताए । रक्तदान गर्नेलाई एकीकृत समाजवादीका सचिव एवं पूर्वमन्त्री रामकुमारी झाक्रीले प्रमाणपत्र वितरण गरेकी छन् । रक्तदान कार्यक्रममा पार्टी, युवा संघ सहित सर्वसधारणको सहभागिता रहेको थियो ।
काठमाडौं । सशस्त्र प्रहरी महानिरीक्षक नारायणदत्त पौडेलले सीमा क्षेत्रमा हुने जस्तोसुकै अवैध क्रियाकलाप रोक्न सशस्त्र प्रहरी पूर्णरुपमा प्रतिवद्ध रहेको बताएका छन् । साउन ८ गते...
धादिङ । जिल्ला प्रहरी कार्यालय धादिङले असार महिनामा उत्कृष्ट कार्यसम्पादन गर्ने प्रहरी कर्मचारीलाई सम्मान तथा पुरस्कृत गरेको छ । अपराध नियन्त्रण, लागूऔषध नियन्त्रण, राजमार्ग...
काठमाडौ । काठमाडौं महानगरपालिकाको आर्थिक र नेपाल रेडक्रस सोसाइटी काठमाडौं जिल्ला शाखाको प्राविधिक सहयोगमा काठमाडौं महानगरपालिकाका ३२ वटै वडामा संचालन गरेको आधारभूत प्राथमिक उपचार...
काठमाडौँ । प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले खुला सीमा, शरणार्थीको अवैध प्रवेश र कानूनी क्षेत्राधिकारको अभाव सीमावर्ती क्षेत्रको सुरक्षाका लागि मुख्य चुनौती बनेको बताएका छन्...
काठमाडौँ । गृहमन्त्री सुधन गुरुङले सीमा क्षेत्रको अनुगमनलाई थप प्रभावकारी बनाउन अब गृहमन्त्री स्वयं स्थलगत निरीक्षणमा जाने अभ्यासभन्दा विशेष टोलीमार्फत निगरानी गर्ने व्यवस्था अघि...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend