काठमाडौं । काठमाडौं महानगरपालिकाले आफ्नो मातहतका सबै सडक पूर्ण रूपमा सफाइ अभियान शुरू गरेको छ । कामपाले शुक्रबारबाट करार सेवाका ३ सय कर्मचारी थप गरी सबै सडक सफा गर्ने अभियन शुरू गरेको हो ।
कामपा वातावरण व्यवस्थापन विभागले ३२ वटै वडामा सफाइ मजदुर परिचालन गरेको छ । विभागीय प्रमुख रविनमान श्रेष्ठले २५ जनाको समूहले सडकमा रहेका सबै टुक्राटाक्री टिपनटापनदेखि सडकलाई पूर्ण रूपमा सफा गर्ने बताए । उनले भने– ‘कतै पनि फोहोरको थुप्रो नहुने गरी सफाइ शुरू गरेका हौं ।’
विभागले कतै फोहोर जम्मा भएको जानकारी भए तत्काल विभागमा जानकारी गराउन आग्रह गरेको छ । विभागका अनुसार हरेक टिमका कर्मचारी ८ घण्टा खट्ने गरी व्यवस्थापन गरेको छ । विभागले बिहान ६ देखि २ र दिउँसो २ देखि थप समयका लागि कर्मचारी व्यवस्थापन भएको जनाएको छ ।
कामपासँग उपलब्ध भएका ६ सय र नयाँ भर्ना लिएका ३ सयसमेत गरी ९ सय कर्मचारीले सफाइ अभियान शुरू गरेका छन् । कामपाले गएको महिना बज्र सेक्युरिटी एन्ड कनेक्टर जेभीबाट सेवा करारमा लिने सम्झौता गरेलगत्तै हिजोबाट ३ सय कर्मचारी सडक सफाइ गर्न खटिएका छन् ।
करिब १ हजार ५ सय सफाइ मजदुर रहेको महानगरमा ९ सय कर्मचारी अवकास भएर ६ सय पुगेको थियो । ६ सय मजदुरले मात्र राजधानीको सडक र अन्य संरचना सफा गर्न सम्भव नभएपछि थप ३ सय सेवा करारमा लिएको हो । थपिएका सहित सबै सफाइ कर्मचारीले सडक, पार्क, बगैंचा, पर्खाललगायत संरचना र सबै क्षेत्रको सफाइ गर्नेछन् ।
२५ जनाको समूहलाई नेतृत्व गर्न एक जना नाइके खटाइएको छ । विभागले निर्देशन दिएअनुसार नाइकेले मजदुरलाई काममा खटाउने छ । कामपाले १६ वर्षपछि सफाइ कर्मचारी करारमा नियुक्ति गरेको हो ।
हाल करारमा भर्ना भएका सफाइ मजदुरले बन्चरेडाँडा र टेकुस्थित ट्रान्सफर स्टेसनमा समेत काम गर्नुपर्छ । कामपा वातावरण व्यवस्थापन विभागका निर्देशक रविनमान श्रेष्ठले सबै कर्मचारीलाई ८ घण्टा काममा लगाइने जानकारी दिए।
सोही आधारमा आपूर्तिकर्ता कम्पनीबट कर्मचारी भर्ना लिएको उनको भनाइ छ । श्रेष्ठका अनुसार ३ सय थप कर्मचारीका लागि श्रम ऐनले तोकेअनुसार मासिक तलब भुक्तानी हुनेछ ।
काठमाडौं । प्रधानमन्त्री बालेन शाहले आफ्नो सचिवालयको टिममा रहेका माधव खनाललाई जिम्मेवारीबाट हटाएका छन् । डेढ महिनाअघिको पासपोर्ट प्रकरण, त्यसपछि उनको भूमिका तथा अन्य वैयक्तिक...
काठमाडौँ । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकायअन्तर्गत एमबीएस प्रथम सत्रको परीषाको प्रश्नपत्र सार्वजनिक गर्ने घटनामा संलग्न दोषीलाई कानुनी कारबाही गरिने...
काठमाडौँ । सशस्त्र प्रहरी बलको कीर्तिपुरस्थित विद्यालयमा भएको करिब ११ करोड रुपैयाँ हिनामिना प्रकरणमा पक्राउ परेकी इन्सपेक्टर कल्पना गुरुङ र उनका साथी लीलाबहादुर लामाविरुद्ध...
बुटवल । लुम्बिनी प्रदेश सरकारमा रहेका नेपाली कांग्रेसका मन्त्रीहरूले आफ्नो संसदीय दलमा सामूहिक राजीनामा दिएका छन् । सरकारमा सामेल भएका पाचै जना मन्त्रीहरूले कांग्रेस संसदीय...
काठमाडौँ । त्रिभुवन विश्वविद्यालय, व्यवस्थापन संकायअन्तर्गत स्नातकोत्तर तह प्रथम सत्रको प्रश्न पत्र सामाजिक सञ्जालमा बाहिरिएको घटनाबारे सत्य तथ्य पत्ता लगाउन छानबिन समिति गठन गरिएको...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend