Nepal Face
  • सोमबार, १० कार्तिक २०८३
  • बलात्कार आरोपमा एक युवक पक्राउ


    मंगलबार, कार्तिक १४ २०८०
    1.4K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ । बलात्कार गरेको आरोपमा प्रहरीले रोल्पाको लुङ्ग्री गाउँपालिका–६ बाट एक युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा लुङ्ग्री गाउँपालिका स्थित गुम्चाल घर भएका २८ वर्षीय नुम बहादुर रोका छन् ।

    नुमबहारले २० वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको आरोप छ । रोकाले पीडित किशोरीलाई लुङग्री गाउँपालिका–६ बेरी साउनेपानीमा आइतबार राति जबरजस्ती करणी गरेर फरार भएको सुचना पाएपछि इलाका प्रहरी कार्यालय सुलिचौर र प्रहरी चौकी झिलाङनिलेबाट खटिएको टोलीले उनलाई पक्राउ गरेको हो ।

    उक्त घटनाबारे इलाका प्रहरी कार्यालय सुलिचौरले अनुसन्धान गरिरहेको छ ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार