रौतहट। रौतहटमा एक किशोरीलाई बलात्कार गरेको आरोपमा युवक पक्राउ परेका छन्। जिल्लाको गुजरा नगरपालिका–५ का नासिर इमामलाई प्रहरीले पक्राउ गरेको हो।
गजरा नगरपालिका वडा नं–५ कै हरिहरपुर घर भएकी १५ वर्षीय किशोरीलाई इमामले गुजरा नगरपालिका वडा नं–१ मा रहेको इँटाभट्टामा लगेर बलात्कार गरेको भन्दै पीडित परिवारले प्रहरीमा खबर गरेका थिए।
प्रहरीले उनलाई शनिबार नै पक्राउ गरेको छ। आइतबार जिल्ला अदालत गौरबाट सात दिनको म्याद थप गरेर अनुसन्धान आघि बढाएको इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरले जनाएको छ।
पीडित किशोरीका परिवारको जाहेरीका आधारमा प्रहरीले अदालत सात दिनको म्याद थप गरेर अनुसन्धान अघि बढाएको प्रहरीको भनाइ छ।
सुनसरी। सुनसरीको इटहरीस्थित एक होटलमा जुवातास खेलिरहेको अवस्थामा प्रहरीले आठ जनालाई पक्राउ गरेको छ। जुवाडेको साथबाट चार लाख ५६ हजार १८० रुपैयाँ नगद र...
मकवानपुर । हेटौंडा उपमहानगरपालिका–१५ रातोमाटेबाट चादी वस्तु अन्दाजी १५ किलोसहित भारतीयहरुलाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेका छन् । विशेष सूचनाको आधारमा प्रहरी चौकी राटोमाटोबाट प्रहरी...
जनकपुरधाम । धनुषामा धारिलो हतियार प्रहार गरी श्रीमतीको हत्या गरेपछि श्रीमानले आत्माहत्या गरेका छन्। जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता एवं डिएसपी ओम प्रकास खनालका अनुसार...
वीरगन्ज। वीरगन्जस्थित क्लार्क रिसोर्ट होटलमा सञ्चालित क्यासिनोबाट प्रहरीले ५ जनालाई पक्राउ गरेको छ। वीरगन्ज महानगरपालिका वडा नम्बर १४ गण्डकस्थित क्लार्क रिसोर्ट होटलमा सञ्चालित रोयल...
सुनसरी । सुनसरीमा प्रहरीले एम्बुलेन्समा लोड गरिएको अवस्थामा ५७४ किलो ८७० ग्राम गाँजा बरामद गरेको छ। जिल्ला प्रहरी कार्यालय सुनसरीका अनुसार सोमबार बिहान उज्यालो हुनुअघि...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend