Nepal Face
  • सोमबार, १० कार्तिक २०८३
  • ४० वर्षीया महिललाई गेष्ट हाउसमा लगेर बलात्कार गर्ने एक पुरुष पक्राउ


    बिहिबार, भाद्र २८ २०८०
    1.4K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • झापा। एक ४० वर्षीया महिलालाई गेष्ट हाउसमा लगि बलात्कार गरेको अभियोगमा प्रहरीले एकजना पुरुषलाई पक्राउ गरेको छ।

    बलात्कार अभियोगमा मेचीनगर नगरपालिका–९ धुलाबारी बस्ने ४२ वर्षीय तिलक श्रेष्ठलाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको हो।

    श्रेष्ठले ती महिलालाई भदौ २३ गते दिउँसो बिर्तामोड नगरपालिका–५ महानन्द चोकस्थित गेष्ट हाउसमा लगि जबरजस्ती करणी गरेको भन्ने उजुरी परेको थियो

    सोही उजुरीको आधारमा ईलाका प्रहरी कार्यालय अनारमनीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो।

    यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार