Nepal Face
  • आइतबार, १० साउन २०८३
  • बलात्कार आरोपमा एक युवक पक्राउ


    शुक्रबार, कार्तिक १७ २०८०
    1.2K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ । नाबालिगलाई बलात्कार गरेको आरोपमा प्रहरीले झापाबाट एक युवकलाई पक्राउ गरेको छ ।

    मेचिनगर नगरपालिका–१५ स्थित भिन्डी बस्ने २१ वर्षीय सुकलाल हास्दालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय झापाले जानकारी दिएको छ।

    सोमबार दिउँसो घरमा गएर युवकले बालिकालाई ललाई फकाई बलात्कार गरेको आरोप छ । बालत्कार गरेको सुराक पाएपछि प्रहरी चौकी ज्यामिरगढीबाट खटिएको टोलीले उनलाई पक्राउ गरेको हो । घटनाबारे प्रहरीले अनुसन्धान गरिरहेको छ ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार