काठमाडौं । एसिया कप क्रिकेटको उपाधिका लागि भारत र श्रीलंका भिड्ने भएका छन् । सुपर फोरको बिहीबार भएको खेलमा पाकिस्तानलाई २ विकेटले पराजित गर्दै श्रीलंकाले फाइनलमा स्थान पक्का गर्यो ।
श्रीलंकाले ४२ ओभरमा २५२ रन बनाउनुपर्ने लक्ष्य पाएको थियो । उसले अन्तिम बलमा २ रन जोड्दै लक्ष्य पूरा गरेको हो । श्रीलंकालाई अन्तिम ओभरमा ८ रन आवश्यक रहेका बेला सुरूका चार बलमा २ रन लिएर एक विकेट गुमाएको थियो । पाँचौं बलमा असालान्काले चौका प्रहार गर्दैं जितको सम्भावना कायमै राखेका थिए । अन्तिम बलमा पनि उनले दुई रन लिए ।
श्रीलंकाको पालीम कुसल मेन्डिसले ९१, चरिथ असालान्काले अविजित ४९ र सदीरा समराविक्रमाले ४८ रन बनाए । त्यसअघि पाकिस्तानको पालीमा मोहम्मद रिजवानले ८६, अब्दुल्लाह सफिकले ५२ र इफ्तिखर अहमदले ४७ रन बनाएका थिए । सुपर फोरमा दुवै टोलीले बंगलादेशलाई हराएका थिए भने भारतसँग पराजय ब्यहोरेका थिए ।
सुरुका दुई खेलमा जित हात पार्दै भारत यसअघि नै फाइनल पुगिसकेको छ । श्रीलंका समग्रमा ११औँ पटक एसिया कपको फाइनलमा पुगेको हो । यो प्रतियोगिता भारतले ७ र श्रीलंकाले ६ पटक जितेका छन् ।
काठमाडौं। फिफा विश्वकप २०२६ अन्तर्गतको अन्तिम क्वाटरफाइनल खेलमा अर्जेन्टिनाले स्विट्जरल्यान्डलाई पराजित गर्दै सेमीफाइनल प्रवेश गरेको छ। कान्सास सिटी स्टेडियममा भएको खेलमा अर्जेन्टिनाले स्विट्जरल्यान्डलाई ३-१...
काठमाडौँ। प्रतिनिधि सभा सदस्य रमेश मल्लले नेपाल फुटबल संघ ९एन्फा० माथि अन्तर्राष्ट्रिय फुटबल महासंघ (फिफा) ले लगाएको निलम्बन सरकारको अदूरदर्शिता र खेलकुद संस्थामा गरिएको...
काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा)पदाधिकारीलाई विदेश यात्रामा अवरोध नगर्न उच्च अदालत पाटनले आदेश जारी गरेको छ। अदालतका न्यायाधीशद्वय गणेशप्रसाद बराल र तेजेन्द्रप्रसाद शर्मा...
काठमाडौँ। अन्तर्राष्ट्रिय फुटबल महासंघ (फिफा) ले अखिल नेपाल फुटबल संघ (एन्फा) लाई अनिश्चितकालका लागि निलम्बन गरेको छ। फिफा काउन्सिल ब्युरोले बुधबार फिफा विधानको धारा १६...
काठमाडौं । अष्ट्रियाले फिफा विश्वकप-२०२६ मा विजयी सुरुवात गरेको छ । अमेरिका क्यार्लिफोर्नियास्थित सान फ्रान्सिस्को वे एरिया रङ्गशालामा बुधवार भएको आफ्नो पहिलो खेलमा अष्ट्रियाले...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend