Nepal Face
  • आइतबार, १० साउन २०८३
  • नेम्वाङको निधनमा तीन दिन झण्डा झुकाउने र औपचारिक कार्यक्रम नगर्ने एमालेको निर्णय


    मंगलबार, भाद्र २६ २०८०
    1.6K
    Shares
    नेपाल फेस
  • २ मिनेट पाठ
  • काठमाडौँ। नेकपा एमालेको आकस्मिक सचिवालय बैठकले पार्टीका उपाध्यक्ष सुवास नेम्वाङको निधनमा तीन दिन पार्टी कार्यालयमा झन्डा आधा झुकाउने र औपचारिक कार्यक्रम नगरिने निर्णय गरेको छ।

    आजको बैठकले नेम्वाङको निधनमा शोक प्रस्ताव पारित गरेको छ।

    बैठकपछि कार्यवाहक महासचिव प्रदीप ज्ञवालीले अत्यन्त दु:ख, पीडा र शोकका बीचमा आकस्मिक सचिवालय बैठक गरिएको बताए।

    ‘हाम्रा उपाध्यक्ष सुवास नेम्वाङको गए राति १ बजेर ५० मिनेटमा हृदयघातबाट निधन भएको शोकको घडीमा सचिवालय बैठक बसेको हो,’ उनले भने, ‘उहाँप्रति बैठकले श्रद्धाञ्जली दिँदै शोक प्रस्ताव पारित गरेको छ।’

    नेम्वाङले हरेक भूमिकामा आफूलाई खरो सावित गरेको ज्ञवालीले बताए। ज्ञवालीका अनुसार शोकमा ३ दिनसम्म झन्डा आधा झुकाउने, शोक पुस्तिका राख्ने निर्णय भएको छ।

    ‘पार्टीका सबै औपचारिक कार्यक्रम तीन दिनसम्म स्थगित भएको छ,’ उनले भने, ‘असोज २ गते केन्द्रीय कार्यालयले श्रद्धाञ्जली सभा गर्ने निर्णय भएको छ।’

    नेम्वाङको पार्थिव शरीर मंगलबार र बुधबार च्यासलमै श्रद्धाञ्जलीका लागि राखिने उनले बताए।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार