वीरगन्ज। नेपाल र भारतबीचको खेल हेर्नका लागि वीरगन्ज महानगरपालिकाले आज दिउँसो २ बजेपछि विद्यालयहरु बन्द गर्ने भएको छ ।
एसिया कप क्रिकेट अन्तर्गत नेपाल र भारतबीचको खेल श्रीलंकाको क्यान्डीस्थित पल्लेके स्टेडियममा दिउँसो सवा ३ बजेदेखि सुरु हुँदैछ । खेल हेर्नकै लागि वीरगन्ज महानगरपालिकाको शिक्षा महाशाखाले सूचना जारी गरी सामुदायिक र संस्थागत विद्यालयहरु सोमबार दिउँसो २ बजेपछि बन्द गर्ने निर्णय गरेको हो ।
उक्त खेल हेर्नका लागि मधेस प्रदेशकै जनकपुरधाम उपमहानगरपालिकाले पनि २ बजेपछि त्यहाँ रहेका सबै विद्यालयहरु बन्द गर्ने निर्णय यसअघि नै गरिसकेको छ ।
आजको खेल नेपाल र भारतका लागि निकै महत्वपूर्ण मानिएको छ। घरेलु टोली पाकिस्तानसँग पहिलो खेलमा पराजय बेहोरेको नेपाल भारतविरुद्ध जित निकाल्दै अघिल्लो चरणमा पुग्ने अभियानमा छ।
वर्षाका कारण पहिलो खेलमा पाकिस्तानसँग अंक बाँडेको आठ पटकको विजेता भारतलाई पनि सोमबारको खेल जित्नैपर्ने दबाब छ। त्यसैले दुवै टोलीका लागि यो खेल ‘गर या मर’को स्थिति छ।
नेपाल र भारतको सिनियर टोली पहिलो पटक आमनेसामने हुन लागेका हुन्। अन्तर्राष्ट्रिय क्रिकेट खेल्न थालेको करिब तीन दशकपछि नेपालको सिनियर टोलीले पहिलो पटक भारतसँग खेल्ने अवसर पाएको हो। त्यसैले छिमेकी राष्ट्र भारतसँगको खेललाई यादगार बनाउने अभियानमा नेपाल छ। तर, सोमबार हुने नेपाल र भारतबीचको खेल वर्षाले बिथोल्न सक्ने मौसमविद्ले जनाएका छन्।
मौसम विभागका अनुसार केन्डीस्थित पाल्लेकेल अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा सोमबार ६० प्रतिशत वर्षाको सम्भावना रहेको छ। वर्षाका कारण खेल रद्द भएमा भारत सुपर फोरमा चरणमा पुग्नेछ। पाकिस्तान समूह विजेता बन्दा दुई अंकसहित भारत दोस्रो र एक अंकसहित नेपाल तेस्रो स्थानमा रहने छन्।
एसिया कपको सर्वाधिक सफल टोली भारतलाई पराजित गर्न नेपालले निकै मेहनत गर्नुपर्ने छ।
काठमाडौँ। एनपीएलको तेस्रो सिजन अन्तर्गतको तेस्रो खेलमा जनकपुर बोल्ट्सले टस जितेर पहिले बलिङको निर्णय गरेको छ । तेस्रो संस्करणको नेपाल (एनपीएल)मा जनकपुर बोल्ट्सले कर्णाली याक्सविरुद्ध...
काठमाडौँ। नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत चितवन राइनोजले विराटनगर किंग्सलाई आठ रनले पराजित गर्दै प्रतियोगितामा विजयी सुरुवात गरेको छ। कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा...
काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणको उद्घाटन खेलमा लुम्बिनी लायन्सले टस जितेर पहिले बलिङ गर्ने निर्णय गरेको छ। कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय(टीयू) क्रिकेट...
काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणको उद्घाटन गरेका छन्। कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय (त्रिवि) क्रिकेट मैदानमा प्रधानमन्त्री शाहले प्रतियोगिताको उद्घाटन...
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)को सुरक्षाका लागि दैनिक १ हजार भन्दा बढी प्रहरी परिचालन हुने भएका छन् । जिल्ला प्रहरी परिसर काठमाडौंले एनपीएलकै लागि...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend