काठमाडौँ। प्रमुख प्रतिपक्षी नेकपा एमालेले पूर्वमन्त्री र प्रदेश सभा सदस्य समेत रहेका केशव स्थापित र केन्द्रीय सदस्य प्रमोदनारायण यादव (सिराहा)लाई पार्टीबाट बिदा गरेको छ । त्यस्तै एमालेले अर्का एक जना स्थायी कमिटी सदस्यलाई केही दिनमै हटाउने तयारी समेत गरेको छ ।
हिजो सोमबार बसेको नेकपा एमाले केन्द्रीय सचिवालय बैठकले यी दुई जना नेतालाई पार्टीबाट हटाएको हो ।
स्थापित २०७९ को निर्वाचनमा एमालेका तर्फबाट काठमाडौँ महानगरपालिकाको मेयर पदमा उम्मेदवार बनेका थिए । स्थापित र यादवले पार्टीमा सक्रिय हुन नसक्ने मौखिक जानकारी दिएपछि उनीहरूलाई पार्टीले बिदा गरेको उपाध्यक्ष सुवास नेम्वाङले बताए । पार्टीमा रहेर पनि सक्रिय नहुने नेताहरूलाई क्रमशः हटाउँदै जाने नीति अनुसार दुई जना नेतालाई सोमबारको सचिवालय बैठकले निर्णय गरेर हटाएको हो ।
त्यस्तै पूर्वमन्त्री समेत रहेका माओवादी पृष्ठभूमिका स्थायी कमिटी सदस्य मणि थापालाई स्पष्टीकरण सोध्ने निर्णय गरेको एमालेका एक नेताले जानकारी दिए । ‘लामो समयदेखि पार्टी कमिटीमा रहेर पनि कुनै पनि काममा नलाग्नेहरुलाई छाँट्दै जाने नीति पार्टीको छ । सोही अनुसार सक्रिय हुन नसक्नेहरूलाई बिदा दिने निर्णय भएको हो’, एमालेका एक पदाधिकारीको भनाइ छ ।
ती पदाधिकारीका अनुसार स्थायी कमिटी सदस्य थापाको हकमा एकपटक स्पष्टीकरण सोधेपछि निर्णयमा पुग्ने निर्णय सचिवालयले गरेको छ ।
काठमाडौँ । प्रधानमन्त्री राहत कोषमा करिब १२ अर्ब जम्मा भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार मंगलबार बिहान ९:०० बजेसम्म प्रधानमन्त्री दैवी प्रकोप उद्धार...
काठमाडौं । गृहमन्त्री सुधन गुरुङ जेन्जी आन्दोलनलाई अपमान नगर्न चेतावनी दिएका छन्। जेन्जी शहीद स्मृति दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै जेन्जी आन्दोलनलाई अपमान...
काठमाडौँ । सुशासन, रोजगार र अवसरको खोजीसँगै युवा पुस्ताको संघर्षले भएको जेन जेड आन्दोलनको एक वर्ष पूरा भएको छ । स्वदेशमै रोजगारको सिर्जना गर्ने...
काठमाडौँ। नेपाली कांग्रेसको १५औं महाधिवेशनका लागि राष्ट्रिय सभा गृहको हल, लबी, पार्किङ स्थल र बगैंचा बुकिङ गरिएको छ। मंगलबार कांग्रेसका कार्यवाहक मुख्य सचिव कृष्णप्रसाद दुलालले...
काठमाडौं । सत्तारुढ दल रास्वपाका सभापति रवि लामिछानेले एक वर्षअघि भएको जेनजी आन्दोलनलाई नयाँ जागरण विस्फोटको रुपमा उल्लेख गरेका छन्। जेनजी शहीद दिवसको अवसरमा वक्तव्य...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend