Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • आज पनि संसद्‌मा एमालेको नाराबाजी, भदौ ३ सम्मलाई सर्‍यो बैठक


    सोमबार, साउन २९ २०८०
    1.5K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । आज पनि विपक्षी दल नेकपा एमालेको नाराबाजी पछि प्रतिनिधि सभाको बैठक स्थगित भएको छ ।

    सय किलो सुन प्रकरणमा उच्च स्तरिय छानबिन समिति गठन गर्न माग गर्दै एमालेले निरन्तर संसद अवरोध गरेपछि भदौ ३ गते १ बजेसम्मको लागि सभामुखले बैठक स्थगित गरेका हुन् ।

    समिति गठनको लागि सभामुख देवराज घिमिरेसहित प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, नेपाली कांग्रेस सभापति शेरबहादुर देउवा र एमालेका अध्यक्ष केपी शर्मा ओली पटक पटक वार्तामा बस्दा पनि कुरा मिल्न सकेको छैन ।

    सरकारकै निकायले सुन प्रकरणको छानबिन गरिरहेकाले सरकार अर्को समिति बनाउने पक्षमा छैन ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार