काठमाडौं । साउन २ गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयबाट पार भइसकेको मोटरसाइकलको ब्रेक सूको नाममा हङकङबाट भित्रिएको १ क्वीन्टल सुन सिनामंगलमा राजस्व अनुसन्धान विभागको टोलीले बरामद गरेपछि एकपछि अर्को त्यसका रहस्यका पर्दाहरु खुलिरहेका छन् ।
यसअघि २२ पटक हङकङबाट फरक फरक एयरलाइन्सका विमान प्रयोग गरी ब्रेक सू त्रिभुवन विमानस्थलबाट आयात गरिएको थियो । हङकङबाट यसअघि कहिल्यै ब्रेक सू नभित्रिएकाले भन्सार कार्यालयदेखि नागरिक उड्डयन प्राधिकरण र नेपाल प्रहरीको सेटिङमा २२ पटक नै सुन भित्रिएको सहजै अनुमान गर्न थालिएको छ । नेपालमा ब्रेक सू भित्र राखेर सुन तस्करी गर्ने राकेश अडुकिया भएको उनको ट्राभल हिष्ट्रीले पनि पुष्टि गरेको छ । अझ नेपालमा बैंक, वित्तीय संस्थाको संचालक रहेका र अरबौका सेयर कारोबार गर्ने अडुकियाले भारतीय राहदानी प्रयोग गरेको खुलेको छ । अडुकिया पूर्वअर्थमन्त्री जनार्दन शर्माका निकट ब्यापारीका रुपमा चिनिन्छन् ।
विमानस्थल भन्सारका प्रमुख अरुण पोखरेल पनि जनार्दन शर्माकै निकट मानिन्छन् । शर्माले नै पोखरेललाई बीरगंजको भन्सार प्रमुखमा सरुवा गरेका थिए । बीरगंजबाट विमानस्थल भन्सारमा पनि शर्माले नै ल्याएका थिए । पोखरेल ब्रेक सुको नाममा सुन भित्र्याउँदा नाटकीय ढंगले बिदामा बसेका थिए । तर अडुकियासँग सुनको सेटिङ भइसकेपछि उनी बिदा बसेको आरोप छ । पोखरेल बीरगंजमा हुँदा पनि तस्करीको लाइन दिएर बिदामा बस्ने गरेको उनलाई नजिकबाट चिन्नेहरु बताउँछन् ।
सुन तस्करीमा अडुकियादेखि दावासम्म
क्वीन्टलका क्वीन्टल सुन तस्करी प्रकरणको लहरो तन्किरहेको छ । सुन तस्करीको लहरोमा माओवादीका एकपछि अर्को नेता तानिंदैछन् । इलेक्ट्रिक चुरोट (भेप)मा सुन तस्करी गर्ने चिनियाँ नागरिक डाजिङ वाङसँग माओवादी नेता कृष्णबहादुर महरा र उनका छोरा राहुल महराको नाम मुछिएको थियो ।
साउन २ गते बरामद भएको सुनको लहरो अर्का माओवादी नेता बर्षमान पुनसँग जोडिन पुगेको छ । राजस्व अनुसन्धान विभागले काठमाडौंको ठमेलबाट साउन १४ मा चिनियाँ मूलका बेल्जियमका नागरिक दावा छिरिङलाई पक्राउ गरेसँगै सुन तस्करीको कनेक्सन माओवादी नेता बर्षमान पुनसँग जोडिन पुगेको हो ।
१ क्वीन्टल सुन राजस्वले बरामद गरेपछि गृहमन्त्री श्रेष्ठले तस्करीमा संलग्न जोकोहीलाई नछोड्ने चर्का भाषण गरिरहेका छन् । तर सुन तस्करी प्रकरणमा जोडिएका माओवादीका नेताद्वय बर्षमान पुन र कृष्णबहादुर महरालाई कारबाही गर्लान् ?
भोलाप्रसाद रोका पृष्ठभूमिः साँझ पर्नासाथ सहरका सडकहरू उज्यालो हुन्छन् । पसलका साइनबोर्ड चम्किन्छन्, गाडीका बत्तीहरू दौडिन्छन्, अग्ला भवनका झ्यालहरूमा जीवनका अनेक दृश्य देखिन्छन् । तर यही...
बीरगञ्ज । २ अर्ब ३९ करोड रुपैयाँभन्दा बढीका हुण्डी कारोबारीलाई संगठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्दा नचलाएको बिषयमा विवादमा परेपछि जिल्ला सरकारी वकिल कार्यालय...
बीरगञ्ज । मुलुकको अर्थतन्त्रलाई खोक्रो पार्ने आर्थिक अपराधका रुपमा अबैध हुन्डी कारोबारलाई लिने गरिएको छ । २ अर्ब ३९ करोड रुपैयाँभन्दा बढी अवैध हुन्डी कारोबारसँग...
कलैया । बाराको फेटा गाउँपालिका–३, फेटाका चार युवाले नेपाल प्रहरीको प्रहरी सहायक निरीक्षक (असई) पदमा सफलता हासिल गरेपछि गाउँमा खुसी छाएको छ । एउटै वडाका चार...
काठमाडौं । पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा मुद्दा सेटिङमा मात्र होइन, सहरी विकास तथा भवन बिभागले निर्माण गर्नुपर्ने सर्वोच्च अदालतको भवनको ठेक्का सेटिङको बिषयमा पनि छानबिनमा...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend