काठमाडौँ। आज बुधबार नेप्से परिसूचक ८.११ अंकले खुम्चिएको छ। यस दिन नेप्से ०.३७ प्रतिशतले घटेर २१५६.२० बिन्दुमा बन्द भएको छ।
बुधबार नेप्से परिसूचकसँगै कारोबार रकम पनि अघिल्लो दिनको तुलनामा घटेको छ।
गत कारोबार दिन २ अर्ब ९१ करोड ७ लाख ३२ हजार ४१८ रुपैयाँको सेयर कारोबार भएकोमा यस दिन उक्त रकम घटेर २ अर्ब ४३ करोड २५ लाख ८ हजार ७६९ रुपैयाँमा सीमित भएको छ।
यस दिन २६० वटा धितोपत्रको ७३ लाख ९९ हजार ४७४ कित्ता सेयर किनबेच भएको हो।
बुधबार किसान लघुवित्तको सेयरमूल्य सर्वाधिक ६.९६ प्रतिशतले बढेको छ।
उक्त कम्पनीको सेयर मूल्य एक हजार २५ रुपैयाँ पुगेको छ।
यस्तै, ग्रीन डेभलपमेन्ट बैंकको सेयरमूल्य ६.५८ प्रतिशतले बढेर प्रतिकित्ता मूल्य ३४० रुपैयाँ कायम भएको छ।
सेयरमूल्य सर्वाधिक घट्नेमा जाल्पा सामूदायिक लघुवित्त रहेको छ। उक्त कम्पनीको मूल्य ६.४९ प्रतिशतले घटेर प्रति कित्ता मूल्य एक हजार ४८९ रुपैयाँमा सीमित भएको छ।
यस्तै, युनिलिभर नेपालको सेयरमूल्य ६.३३ प्रतिशतले घटेर प्रतिकित्ता मूल्य ३७ हजार रुपैयाँमा झरेको छ।
बुधबार ग्लोबल आइएमई बैंकको संस्थापक सेयरको सर्वाधिक कारोबार भएको छ।
उक्त कम्पनीको प्रतिकित्ता १०० रुपैयाँमा १५ करोड १२ लाख बराबरको सेयर कारोबार भएको हो।
यो मूल्य अघिल्लो दिनको तुलनामा १.९६ प्रतिशत घटेको हो।
सर्वाधिक सेयर खरिद–बिक्री हुने दोस्रो कम्पनीमा शिवम् सिमेन्ट रहेको छ। उक्त कम्पनीको प्रतिकित्ता ६२४ रुपैयाँ ६० पैसामा ९ करोड ४९ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ।
त्यस्तै, आज कारोबारमा आएका १३ वटा समूहगत परिसूचकमध्ये वित्त, म्युचुअल फण्ड र अन्य समूहको परिसूचक बढेको छ भने बाँकी सबै समूहको परिसूचक घटेको छ।
काठमाडौं । शुक्रबार एकैदिन सुनको भाउ तोलामा ५ हजार ८ सय रुपैयाँ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले यस दिनका लागि सुनको भाउ प्रतितोला...
काठमाडौं। नेपाली बजारमा सुन र चाँदी दुवैको मूल्यमा वृद्धि भएको छ। बुधबार सुन प्रतितोला ५ हजार ४०० र चाँदी प्रतितोला ११० रुपैयाँले बढेको हो। नेपाल...
काठमाडौं। सरकारले अब हरेक दिन कर प्रणालीमा आबद्ध नागरिकलाई लखपति बनाउँदै छ। मूल्य अभिवृद्धि कर ९भ्याट० र स्थायी लेखा नम्बर (प्यान) मा आबद्ध भएका...
काठमाडौँ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आर्थिक वर्ष २०८३/८४ को बजेट कार्यान्वयनका लागि छलफल सुरु गरेका छन् । भर्खरै अर्थ मन्त्रालयको सुवर्ण हलमा बजेट...
काठमाडौं । नेपाल आयल निगमले उपभोक्ताहरुलाई भरी सिलिन्डर ग्याँस उपलब्ध गराउने भएको छ । अमेरिका–इरान तनावपछि निगमले २०८२ फागुन २९ गतेदेखि आधा सिलिन्डर (७.१...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend