Nepal Face
  • सोमबार, १५ भाद्र २०८३
  • ओरालो लाग्यो सुनको भाउ, आज तोलामा २ हजार ४ सयले घट्यो


    सोमबार, भाद्र १५ २०८३
    135
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । नेपाली बजारमा पछिल्लो समय निरन्तर बढेर उच्च मूल्य तिर लागेको सुनको भाउ ओरालो लाग्न थालेको छ। सोमबार सुनको मूल्य प्रतितोला २ हजार ४ सय रुपैयाँ घटेको छ ।

    नेपाल सुनचाँदी व्यवसायी महासंघले आजका लागि सुनको मूल्य प्रतितोला ३ लाख ६ हजार ६ सय रुपैयाँ तोकेको छ । यसअघि हिजो ३ लाख ९ हजार रुपैयाँ थियो ।

    अघिल्लो दिन पनि सुनको मूल्य ९ हजार ५ सय रुपैयाँ घटेको थियो । यसअघि शुक्रबार सुनको भाउ प्रतितोला ३ लाख १८ हजार ५ सय रुपैयाँ थियो ।

    चाँदीको मूल्य आज स्थिर छ । अघिल्लो दिनकै मूल्य ४ हजार ७८० रुपैयाँमा चाँदीको कारोबार भएको महासंघले जनाएको छ । यसअघि शुक्रबार चाँदीको भाउ ४ हजार ९६५ रुपैयाँ थियो ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार