Nepal Face
  • शनिबार, १३ भाद्र २०८३
  • एक्स्ट्रिम इनर्जी ड्रिङ्क्सद्वारा १ करोड सहयोग हस्तान्तरण


    शुक्रबार, भाद्र १२ २०८३
    155
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ। बाढी तथा पहिरोबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनर्स्थापनाका लागि एक्स्ट्रिम इनर्जी ड्रिङ्क्सले घोषणा गरेको १ करोड सहयोग आज नेपाल सरकारका अर्थमन्त्रीलाई हस्तान्तरण गरेको छ।

    विपद्को कठिन घडीमा सरकारसँग ऐक्यबद्धता जनाउँदै प्रभावित नागरिकको राहत तथा पुनर्स्थापनामा सहयोग पुर्‍याउने उद्देश्यले उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा प्रदान गरिएको हो।

    एक्स्ट्रिम इनर्जी ड्रिङ्क्सले विपद्बाट प्रभावित सम्पूर्ण नागरिकप्रति ऐक्यबद्धता व्यक्त गर्दै उद्धार तथा राहत कार्यमा खटिएका सुरक्षाकर्मी, स्वास्थ्यकर्मी, स्वयंसेवक तथा सम्बन्धित निकायप्रति सम्मान व्यक्त गरेको छ।

    कम्पनीले आगामी दिनमा पनि राष्ट्र र नागरिकको हितमा आवश्यक सहयोग तथा सहकार्यलाई निरन्तरता दिने प्रतिबद्धता जनाएको छ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार