Nepal Face
  • मंगलबार, २३ भाद्र २०८३
  • शंकर पोखरेलको दाबी- विदेशमा रहेकालाई फर्काउँछु भन्नेहरू राजनीतिमा आएपछि विदेशिनेको संख्या झन् बढ्यो


    मंगलबार, साउन २ २०८०
    2K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । प्रमुख प्रतिपक्षी नेकपा एमालेका महासचिव शंकर पोखरेलले देश फर्काउने अभियान चलाउँछु भन्नेहरू राष्ट्रिय पार्टीको रूपमा उदय भए पछि विदेशिनेको संख्या ह्वात्तै बढेको दाबी गरेका छन्।

    एमालेको सरकार हुँदा विदेशिनेको संख्यामा कमी आएको दाबी गर्दै महासचिव पोखरेलले पुराना पार्टी भनेर एमाले नजोड्न आग्रहसमेत गरेका छन् ।

    ‘नेकपा एमाले सरकारमा आउँदा रोजगारीका लागि विदेशमा जाने घट्ने र सरकारबाट हट्दा बढ्ने तथ्यले देश बनाउन सक्ने पार्टी नेकपा एमाले हो भन्ने जनविश्वासलाई उजागर गर्दछ,’ पोखरेलले भने, ‘तर, तथ्यहीन रूपमा पुराना पार्टीका कारणले विदेशीने बढे भनेर नेकपा (एमाले) लाई समेत जोड्ने प्रयास गर्नु कु–प्रचार हो।

    उनले विदेशमा रहेकालाई फर्काउँछु भन्नेहरूले राष्ट्रिय मान्यता पाएको पार्टी आए पछि थप समस्या भएको बताएका छन् ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार