Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • ओलीले गर्जिदै भने- यो सरकारको तागत नै झुट बोल्नु अफवाह फैलाउनु हो


    मंगलबार, असार २६ २०८०
    1.4K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं। पुर्वप्रधानमन्त्री एवम् प्रमुख प्रतिपक्षी नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारको तागत नै झुट बोल्नु भएको दाबी गरेका छन् ।

    पार्टीको बागमती प्रदेश कमिटी बैठकलाई सम्बोधन गर्दै केपी ओलीले आफ्नो पार्टीविरुद्ध भ्रम छर्ने षड्यन्त्र भइरहेको बताए ।

    पशुपतिनाथ मन्दिरमा सुन भनेर पित्तलको जलहरी राखेको भनेर प्रचार गरिएको तथा मिटर ब्याजसम्बन्धी अध्यादेश रोकेको भनेर प्रचार गरेको भन्दै उनले असन्तुष्टि जनाए ।

    ‘केटाकेटीको बल नै रुनमा हुन्छ, बाआमाले टेरेन भने रोएरै आफ्नो पक्षमा पर्छ’ उनले अघि भने, ‘अहिलेको सरकारको तागत झुट बोल्ने अफवाह फैलाउने हो । गठबन्धनको यही देखिन्छ ।’

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार