काठमाडौं । एमालेका सचिव योगेश भट्टराईले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई भावनात्मक पक्षलाई अघि सारेर राष्ट्र र जनतालाई घात गर्ने छुट नभएको नभएको बताएका छन् ।
प्रचण्डले पारिवारिका सदस्यका बारेमा ब्यहोरेका पीडा संवेदनशील भएको उल्लेख गर्दै भट्टराईले लेखेका छन्–‘छोरी ज्ञानु, छोरा प्रकाश र श्रीमती सीताका बारेमा पुष्पकमल दाहालले ब्यहोरेका पीडा सँवेदनशील छन् । उहाँका ती पीडामा साहस भर्न सिंगो सदन उहाँलाई साथ दिन तयार छ ।
तर प्रधानमन्त्रीका रुपमा उहाँलाई भावनात्मक पक्षलाई अघि सारेर राष्ट्र र जनतालाई घात गर्ने छुट चाहिँ छैन है । हेक्का रहोस् ।
हामीले उहाँको पारिवारिक पीडामा मजाक गरेका होइनौं । हामी अरु केही जस्तो निर्दयी होइनौं र छैनौं ।
तर देशको प्रधानमन्त्रीको अभिब्यक्ति र व्यबहारप्रति भने कठोर प्रश्न छन् ।’
प्रधानमन्त्री प्रचण्डले सोमबार दिवंगत छोरी ज्ञानुको प्रसंग निकाल्दै एक कार्यक्रममा भनेका थिए–‘म अलिकति भावनात्मक छु नै । यही त प्रचण्ड भयो, अब गर्नुहुन्छ के ? थोरै भावनामा म आएँ । मैले त्यो कुरा नभने हुन्थ्यो । भन्नुपर्ने जरुरी थिएन । तर मैले भनेँ । मनमा आयो भनेँ । राष्ट्रप्रति नै घात गर्ने कुरा हो त यो ? यति सहज र स्वभाविक कुरा‘ प्रधानमन्त्रीको हैसियतले मैले त्यस्तो भाषा नबोल्नुपथ्र्यो । मैले प्रधानमन्त्री भएर होइन, ज्ञानुको बुबा भएर बोलेँ । त्यो सेन्टिमेन्ट सम्झिन पुगेँ । सदासयताका निम्ति धन्यवाद दिन पुगेँ । त्यति त हो कुरा ।’
काठमाडौँ। अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले ‘एनडि टिभी वर्ल्ड समिट २०२६’ मा सम्बोधन गर्ने भएका छन् । अन्तर्राष्ट्रिय अतिथि वक्ताका रुपमा उनी समिटमा सहभागी हुन...
काठमाडौँ। सत्तारूढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले व्यक्तिगत तथा पार्टीका तर्फबाट देश तथा विदेशमा रहेका नेपालीलाई विजयादशमीको शुभकामना दिएका छन्। यसपटक...
काठमाडौं। प्रधानमन्त्री बालेन शाहले परिवर्तनका लागि सोचसँगै व्यवहार पनि बदल्न जरुरी रहेको बताएका छन्। विजया दशमीको अवसरमा शुभकामना दिँदै उनले आजको दिनलाई भगवान् रामले...
काठमाडौं। राष्ट्रपति रामचन्द्र पौडेलले बडादसैंका अवसरमा सोमबार काठमाडौं उपत्यकाका विभिन्न शक्तिपीठको दर्शन एवं पूजाअर्चना गरी टीकाप्रसाद ग्रहण गरेका छन्। उक्त अवसरमा राष्ट्रपति पौडेलले प्रथम महिला...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend